१० बैशाख २०८२, बुधबार

शीत भण्डारले सम्पन्न गर्यो आफ्नो १५ औँ बार्षिक साधारण सभा
  • न्युज मानसराेवर

कोहलपुर \बाँके क्षेत्र नं.१ का संघीय सांसद सुर्य ढकालले भेरी शीत भण्डार (कोल्डस्टोर) संचालनले किसान तथा व्यवसायीहलाई सजिलो भएको बताएका छन् ।

सांसद ढकालले किसानले उत्पादन गरेको बस्तुको सुरक्षा  गर्ने सजिलो माध्यम शित भण्डार भएको बताएका हुन् । ढकालले शित भण्डारको स्तर उन्नत गर्दै आम किसानहरुको उत्पादनलाई थप बृद्धि गर्न प्रोत्साहन गर्न समेत आग्रह गरेका छन।

भेरी शित भण्डारको १५ औं साधाणर सभामा प्रमुख अतिथी ढकालले शित भण्डारको स्तर उन्नतका निम्ति आवश्यक बजेटको व्यवस्थापन गर्ने समेत उल्लेख गरेका छन।

ढकालले उत्पादनमा बृद्धि गर्ने किसाहरुलाई शित भण्डारले हौसला बढाउन आवश्यक कार्य योजना मार्फत प्रत्येक्ष किसानसँग जोडिन आग्रह समेत गरे ।

भेरी शित भण्डारले  बाँके लगायत छिमेकी जिल्ला बर्दिया, दाङ तथा पहाडि जिल्ला जाजरकोट, सल्यानमा उत्पादित भएका तरकारी र फलफूल भण्डारण गर्न उल्लेख्य भुमिका खेलिरहेको छ ।

भेरी शीत भण्डारमा हाल कूल ३ हजार ७ सय १४ शेर सदस्य रहेका छन। भने कूल शेर पुँजी ९७ लाख ४९ हजार ५ सय रहेको छ । ५२ लाख ४ हजार २८ रुपैया ७५ पैसा घाटामा रहेका हाल संस्थाले घाटा घटाएर १५ लाख ७९ हजार ९ सय ३९ रुपैया २६ पैसामा झारेको छ ।

शित भण्डारका अध्यक्ष बलराम भट्टराईको अध्यक्षतामा भएको साधारण सभामा लुम्बिनी प्रदेश पूर्व भुमि तथा कृषि सहकारी मन्त्री आरती पौडेल, सांसद रत्न खत्री विभिन्न राजनितिक दलका प्रतिनिधि संस्थाका शेर सदस्य  समाजसेवी,लगाएतको सहभागिता रहेको थियो ।

 

 

  • २९ मंसिर २०८०, शुक्रबार प्रकाशित

  • Nabintech