१० जेष्ठ २०८३, आईतवार

कोहलपुर नगरपालिकाको आयोजनामा अनुगमन
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुर नगरपालिका–१५ चौधरियामा निर्माण भइरहेको सडकको अनुगमन गर्दा गुणस्तरीय नबनेको पाइएकाले अनुगमन समितिको निर्देशनपछि कालोपत्रे उप्काएर नयाँ अस्फाल्ट पिच (गुणस्तरीय पक्की) बनाइएको छ ।

कोहलपुर नगरपालिकाको अनुगमन टोलीले कालोपत्रे गुणस्तरीय नभएको भन्दै सडक निर्माण गर्ने निर्माण कम्पनीलाई सुधार्न निर्देशन दिएपछि कालोपत्रे उघारेर नयाँ अस्फाल्ट पिच बनाइएको हो ।

कोहलपुर नगरपालिकाको ४७ लाख ४६ हजार २३४ रुपियाँको लगानीमा ‘बरको रुख अगाडिदेखि चौधरिया चोक’ सम्मको ४०० मिटर सडक कालोपत्रे गर्नेगरी खुसी विल्डर्सले ठेक्का लिएको थियो ।

साढे पाँच मिटर चौडाइ भएको उक्त सडकको बायाँतिरको करिब डेढसय मिटर खण्ड भत्काएर पुनः कालोपत्रे गरिएको योजना शाखा प्रमुख हरि वलीले बताएका छन। उनका अनुसार अहिले कालोपत्रेमा हुनुपर्ने थिक्नेश पुगेको छ ।

तर, गुणस्तरीय भए नभएको टुङ्गो भने ल्याबको रिपोर्टपछि थाहा हुने उनले भने । कोहलपुर नगरपालिकाको लागतमा निर्माण भएका योजनाको गुणस्तरीयता कायम राख्न अनुगमनलाई प्रभावकारी बनाइएको योजना शाखा प्रमुख वलीले जानकारी गराए ।

उपभोक्ता समितिबाट निर्माण हुने पाँच लाखभन्दा बढीका आरसीसी नालामा पनि समितिले क्युव टेस्ट सुरु गरेको छ । मसला र सरियाको गुणस्तरीयता जाँच गर्न क्युव टेस्ट गर्ने गरिएको अनुगमन समितिका सदस्य नरेश वान्तवाले बताए ।

आइतबारको अनुगमनमा उपप्रमुख  संगिता सुवेदी , नगरपालिकाका पूर्वाधार विकास समिति संयोजक नरेश वान्तवा, योजना शाखा प्रमुख हरि वली, अनुगमन समिति सदस्य लालबहादुर राना,साइड इन्चार्ज ताराबहादुर खत्री, वडा १५ का वडाअध्यक्ष दीपेन्द्र चौधरीलगायतको सहभागिता थियो ।

  • २ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech