६ बैशाख २०८२, शनिबार

नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी
  • न्युज मानसराेवर

बुटवल\नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी भएका छन। बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न ५० औं राष्ट्रिय महाधिवेशनबाट पोखरेल वर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन।

पोेखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत प्राप्त गरे । ८४ मतान्तरले विजयी भएका पोखरेलले तीनजना प्रतिस्पर्धीहरु रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाइ पराजित गरेका हुन।

पोखरेल नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुन् भने अघिल्लो पटक राष्ट्रिय अध्यक्ष पदमा पराजित समेत भएका थिए ।

  • २ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech