कोहलपुर\ कोहलपुर नगरपालिका वादी समुदायले ज्ञापनपत्र बुझाएका छन । बाँके क्षेत्र नं.१ प्रदेश १ को २ का लुम्बिनी प्रदेश माननीय दुर्गाप्रसाद चौधरीलाई जनता आवास कार्यक्रम समावेश गरिदिनका लागि वादी समुदाय अध्यक्ष टिका वादी लगाएतको टोलीले ज्ञापन पत्र बुझाएका हुन। कोहलपुर वडा नं.११ स्थित लोकनगरमा वादी समुदायले उक्त ज्ञापनपत्र बुझाएका हुन।
कोहलपुर नगरपालिका भित्र मात्र वादी समुदायका १ सय २ घर परिवार रहेका छन। ज्ञापन पत्र बुझाउदै अध्यक्ष टिका वादीले प्रदेश स्तरमा पहिलो प्राथमिकतामा उक्त कार्यक्रम समावेश गरिदिन आग्रह समेत गरिन ।
ज्ञापनपत्र बुझ्दै पूर्व मन्त्री तथा सांसद चौधरीले जनताका आधारभूत आवश्यकताहरुमा आफ्नो ध्यान केन्द्रित हुने विश्वास दिलाए । उनले प्रदेश स्तरमा यस विषयमा पहिलो प्राथमिकताका साथ आफ्नो ध्यान केन्द्रित हुने समेत बताए ।
त्यसै गरी सांसद चौधरीले हाल वादी समुदायको भोग्नु परेको समस्याहरु बारे अन्तरक्रिया समेत गरेका छन।