बाँके\पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाटा) बाँके च्याप्टरको आयोजनामा बाँके राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी गरिएको छ ।
देशभित्र र बाहिरका पर्यटकलाई बाघ अवलोकनका लागि आकर्षित गर्ने लक्ष्यमा ठुलो सङ्ख्यामा जिल्लाका उद्योगी, व्यवसायी, पर्यटनकर्मी, प्रदेश सांसद, राजनीतिकर्मी, चिकित्सक, सञ्चारकर्मी लगायतको सहभागितामा निकुञ्जको सहकार्यमा जङ्गल सफारी गरिएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाटा) बाँके च्याप्टरले जनाएको छ ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाटा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जङ्गल सफारीमा गएको टोलीले निकुञ्ज मुख्यालय ओभरीबाट भित्र जङ्गलमा प्रवेश गरी वनपथ हुँदै झुरीखोला भएर राजमार्गमा निस्केको बताए ।