कोहलपुर \कोहलपुरमा मंगलबारदेखि सुरु भएको सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगितामा फर्जी विद्यार्थी खेलाएपछि एभरेस्ट सैनिक मावि कारवाहीमा परेकाे छ ।
एभरेस्ट मावि कोहलपुरले छात्रा भलिबलमा फर्जी विद्यार्थी खेलाएपछि ३० हजार जरिवाना सहित कारवाहीमा परेकाे आयाेजकले जनाएकाे छ ।
भलिबलकाे पहिलो खेलमा ग्रिन पिस माविलाई पराजित गर्दै विजय भएकाे एभरेस्ट माविले पुन ब्राईटलाईटसंग क्वाटर फाईनकाे लागि खेलमा समेत जित हासिल गरेकाे थियाे ।
उक्त खेलमा फर्जी खेलाडी खेलाईएकाे पाईएपछि कार्वाही गरीएकाे खेल संयाेजक चन्द्र गुरूङले जानकारी दिए ।