८ भाद्र २०८२, आईतवार

भारतबाट प्याज ल्याउनेलाई पाँच लाख जरिवाना
  • न्युज मानसराेवर

बाँके \नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर प्याज ल्याएर नेपाल भित्र्याउने वीरेन्द्रनगर सुर्खेतको पूजा सब्जीमण्डीलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरले पाँच लाखभन्दा बढी जरिवाना तिराएको छ ।

राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख अनुसन्धान अधिकृत सुरेशराज जोशीले दिनुभएको जानकारी अनुसार भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर आएको ट्रकमा अनुसन्धान गर्दा प्याज ल्याएको पाएपछि कारबाही गरेको जानकारी दिएका छन।

यसअघि पनि मूल्याङ्कन र परिमाण घटाएर सामान भित्राउने केही कन्टेनर र ट्रकमा रहेको सामानको अनुसन्धान गरेर आवश्यक जरिवाना लिएर छाडिएको सो कार्यालयले जनाएको छ ।

  • १३ पुष २०८०, शुक्रबार प्रकाशित

  • Nabintech