३० बैशाख २०८२, मंगलवार

नेपाल प्रहरीका ६६२ वरिष्ठ हवल्दार असईमा बढुवा
  • न्युज मानसराेवर

बाँके\नेपाल प्रहरीका ६६२ जना वरिष्ठ हवल्दार प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा भएका छन्।

प्रहरी प्रधान कार्यालयमा रहेको मानवस्रोत विकास विभाका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) स्तरीय शुक्रबारको निर्णयबाट प्रहरी वरिष्ठ हवल्दारबाट असईमा बढुवापछि पदस्थापन पनि भएको छ।

बढुवा भएकालाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशनसमेत अहिले पदस्थापन भएको दरबन्दीबाट पाउनेगरी पदस्थापन गरिएको मानवश्रोत विकास अन्तर्गतको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

  • १४ पुष २०८०, शनिबार प्रकाशित

  • Nabintech