८ बैशाख २०८२, सोमबार

बालसुधारका नाबालक कैदी र बाँके प्रशासनबिच सहमति
  • न्युज मानसराेवर

बाँके । बाँकेको नौबास्तास्थित बालसुधार गृहका नाबालक कैदी र स्थानीय प्रशासनको बिचमा ५ बुँदे सहमति भएको छ । सहमतिसँगै १४ पुसबाट सुधार गृहमा शुरु भएको विवादको शृङ्खला टुङ्गिएको छ ।

स्थानीय प्रशासन र कैदीहरूको बिचमा गुणस्तरीय खानेपानीको आपूर्ति, मनोरञ्जनको व्यवस्था र पढ्ने वातावरण मिलाउने, उपचारको प्रबन्ध गर्ने र सुधार गृह भित्र सीपमूलक तालिम सञ्चालन गर्ने सहमति भएको छ । त्यस्तै, सुधार गृहमा मनोसामाजिक परामर्श दिने व्यवस्था मिलाउने पनि सहमति भएको छ । सहमतिसँगै कैदीहरू दुईवटा ब्लकमा बस्न सहमत भएका छन।

त्यस्तै  बाल सुधार गृहबाट फरार रहेका मध्ये एक जना (बालबिज्याईकर्ता) सम्पर्कमा आएका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार अझै १४ जना भने सम्पर्कविहीन नै छन् ।  उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार पनि सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको र सुधार गृहको अवस्था सामान्य रहेको कोहलपुरका प्रहरी प्रमुख डिएसपी तिवारीले बताएका छन।

बाल सुधार गृहमा १८ वर्षभन्दा कम उमेरकालाई मात्रै राख्नुपर्नेमा १८ वर्ष उमेर पुरा भइसकेकाहरू समेत रहेकाले आपसी विवाद बढेको हो । नौवस्ता बाल सुधार गृहमा चलेको आपसी विवाद सुरक्षा सहित वार्तामा सोमबार राती समाधान भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी  भनेका छन।

  • १७ पुष २०८०, मंगलवार प्रकाशित

  • Nabintech