१३ बैशाख २०८२, शनिबार

कोहलपुरमा पाठेघरको क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन
  • न्युज मानसराेवर

बाँके\ कोहलपुरमा महिलाका लागि स्तन क्यान्सर, आङ खस्ने समस्याका साथै पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा व्यवस्थापन निशुल्क शिविर सञ्चालन भएको छ ।  कोहलपुर नगरपालिका वडा नं.११ को आयोजनामा  स्वास्थ्य शाखा र नगर अस्पतालको समन्वय तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको सहजीकरणमा शिविर आयोजना गरिएको  वडा नं.११ का वडा सदस्य सुदन ढकालले जानकारी गराए ।

सो शिविरबाट कोहलपुरका २०७ जना महिलाको स्तन क्यान्सर, आङ खस्ने समस्याका साथै पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको कोहलपुर नगर अस्पतालका प्रमुख डा.रवि शर्मा वाग्लेले जानकारी गराए । उनले स्क्रिनिङ गरिएका मध्येमा पाँच जनामा भिआइए पोजेटिभ देखिएको बताए।डा.वाग्लेका अनुसार शिविरमा क्यान्सर अस्पतालको विज्ञ चिकित्सकको टोलिले महिलाहरुको स्वास्थ्य चेकजाँच गरेको थियो ।

खजुरा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.निरज भट्टराईको नेतृत्वको चिकित्सक टोलिमा मेडिकल अंकोलोजिष्ट डा.साजन थापा, युरोअंकोसर्जन डा.विपिन गुरागाईं, क्लिनिक अंकोलोजिष्ट डा.मुकेश यादव, पेडियाट्रिक अंकोलोजिष्ट डा.सुवास मेहता, गाइनेकोलोजिष्ट डा.अमिरुन निशा, मेडिकल अधिकृत डा.चिरञ्जीवि चालिसे, स्टाफ नर्स दिक्षारोशनी पुन, एलिना केसी र सिम्रन श्रेष्ठ  रहेका थिए ।

  • १७ पुष २०८०, मंगलवार प्रकाशित

  • Nabintech