बाँके\सहकारीका सात सिद्धान्तलाई आत्म साथ गर्दै कोहलपुर नगरपालिका वडा नम्बर १२ चपरगौडिमा रहेको श्री शान्ति स्वावलम्बन बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आफ्नो २४ औ बार्षिक उत्सव शैक्षिक सामाग्री वितरण गरेर मनाएको छ।
कोहलपुर १२ दाउन्नामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १-५ सम्मका अति बिपन्न १६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित पोशाक बितरण गरेको छ। श्री शान्ति स्वावलम्बन सहकारी सस्थाले सामाजिक दायित्व बहन गरेर आफ्नो विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरेको मा बिपन्न बर्गका बालबालिकालाई थोरै भएपनि राहत मिलेको नेरामाबि दाउन्नाका शिक्षक आनन्द भट्टराईले बताउनु भएको छ।
यस्तै शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कोहलपुर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष एवं यसै सहकारीका सस्थापक सचीव ओम प्रकाश ओलिले शिक्षा क्षेत्रमा जोडिनु पर्छ भनेर अभियान संचालन गरेकोमा सहकारीलाई धन्यवाद ज्ञापन गर्नु भएको छ।
२४ बर्ष अगाडि आफुहरुले पाच रुपैया बचतबाट सुरु गरेको सहकारीले आज सामजिक कार्यमा अग्रसर रहेर उतरदायित्व बहन गरेकोमा गर्व लागेको बताउनु भएको छ। यस्तै कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका सहकारी शाखा प्रमुख अग्नि प्रसाद आचार्यले सहकारीको सिद्धान्तलाई सामाजिक उतरदायित्व र समुदाय प्रति चासो देखाएर अग्रसर रहेकोमा सस्थाको उतरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्नु भएको छ।
आचार्यले यस शान्ति स्वावलम्बन सहकारीले जस्तै यस क्षेत्रमा रहेका सबै सहकारीले सामाजिक उतरदायित्व बहन गर्न सके बिपन्न परिवारका बालबालिकालाई थोरै भएपनि राहात मिल्ने बताउनु भयो। यस्तै सस्थाकि अध्यक्ष नारायणी वलिले समाजप्रतिको दायित्व आफुहरुको पनि रहेको हुदा सस्थाको स्थापना दिवस एवं बार्षिक उत्सव बिद्यालयमा गएर मनाइएको बताउनु भयो ।
उहाँले शिक्षा आर्जन गर्न कठिनाई सिजन अनुसारको पोशाक नहुदा कतिपय बालबालिका शिक्षाबाट बन्चित रहेको हुँदा यस बिद्यालयका अति बिपन्न विद्यार्थी छनौट गरि शैक्षिक सामग्री सहित जाडोमा लगाउने स्कुलको पोशाक वितरण गरेको बताउनु भएको छ।
अध्यक्ष वलिले बालबालिकालाई फजुल खर्च नगरेर थोरै थोरै रकम आजै बाट बचत गर्ने बानिको बिकास गर्न आग्रह समेत गर्नुभएको छ। यस्तै यो चिसो मौसममा पोशाकसङ्गै कापि कलम पाउदा बालबालिका निकै खुसि भएका थिए।