बाँके\ समता स्कुल कोहलपुरले बाल चेतना कार्यक्रम सम्पन्न गरेको छ । बालबालिकाहरुलाई सैद्धान्तिक तथा व्यवहारिक शिक्षा दिने उदेश्यले समता स्कुलको आयोजना तथा द आर्ट अफ लिभिङको सहकार्यमा ५ दिन सम्म तालिम सञ्चालन गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै समता स्कुल कोहलपुरका कार्यकारी निर्देशक रबि रोकायाले तालिमले बालबालिकाहरुको दैनिक जीवनलाई रुपान्तरण गर्ने व्श्विास व्यक्त गरे ।
उनले तालिमको सहजीकरण गरिदिएकोमा द आर्ट अफ लिभिङका सबै परिवारलाई धन्यवाद समेत व्यक्त गरे। न्यूनतम शुल्कमा अध्यापन गराइरहेको विद्यालयले आगामी दिनमा यस्ता जीवन उपयोगी तालिमहरु समेत सञ्चालन गर्ने रोकायाले बताएका छन।
कार्यक्रममा सहजकर्ता जानकी दत्त प्याकुरेलले तालिमले बालबालिकामा संस्कारयुक्त शिक्षा र जीवनमा आध्यात्मिक चिन्तन र मनन लाई ग्रहण गर्न सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा विद्यालय विकास समितिका अध्यक्ष निर्मल वलीको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।