बुटवल\नेकपा एमालेले लुम्बिनीका सबै जिल्लाहरुको अधिवेशन फागुन महिनादेखि जेठसम्म गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश कमिटीको बिहीबार कपिलवस्तुको वाणगंगा २ नन्दनगरमा बसेको पहिलो सचिवालय बैठकले जेठ महिनासम्म सबै जिल्लाको अधिवेशन गर्ने र २०८० सम्मलाई सदस्यता नवीकरण गर्ने समय राख्ने निर्णय गरेको अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए ।
बैठकले प्रदेश सल्लाहकार चयन, जेष्ठ कम्युनिष्ट मन्चको गठन र ३१ वटा विभागलाई पूर्णता दिएको र त्यो प्रस्ताव माघ १४ गते बस्ने पूर्ण बैठकले पास गरेपछि सार्वजनिक हुने उनले जनाएका छन् ।
सचिवालय बैठकले माघभित्र सबै जिल्ला तहका र फागुनभित्र पालिका तहका प्रशिक्षण कार्यक्रम सकाउने र फागुनदेखि जिल्ला अधिवेशन थाल्ने र जेठसम्म पूरा गरिने र आशन्न राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका उम्मेदार जिताउने रणनीतिका साथ लाग्ने निर्णय भएको छ ।