११ मंसिर २०८१, मंगलवार

‘तल्लो बाटो’बाट अमेरिका पठाउने धन्दामा मुख्यमन्त्रीका भाइ
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाड नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिदा शरणार्थी बनाउने गिरोहमा लुम्बिनी प्रदेशकै मुख्यमन्त्री डिल्ली चौधरीको नाम जोडियो । त्यो बेला मुख्यमन्त्री चौधरीले त्यसको प्रतिवाद गरे ।

तर, मुख्यमन्त्रीका सहोदर भाइको नेतृत्वमा अवैध रुपमा अमेरिका मानव तस्करी हुने गरेको खुलेको छ । मुख्यमन्त्री चौधरीका भाइ महावीर चौधरीले अहिले दाइको पदीय आडमा अवैधरुपमा तल्लो बाटो हुँदै रकम लिएर विभिन्न व्यक्तिलाई अमेरिका पठाउने गरेको पाइएको छ ।

महावीरबाट ठगिएका  धेरै जाना उजुरी लिएर मुख्यमन्त्रीकहाँ पुगेका थिए  । तर कांग्रेसकै क्षेत्रीय सभापतिका ज्वाइँ परेपछि भने दाङमा यो प्रकरण भुसको आगो बनेको छ । अमेरिका पठाउने सिलसिलामा महावीरको सम्पर्कमा दाङ क्षेत्र नम्बर २ का कांग्रेस क्षेत्रीय सभापति भीमप्रकाश खड्काका ज्वाइँ दिलबहादुर भण्डारी पुगे । उनले गैर कानूनीरुपमा विदेश पठाउने आस पनि देखाए ।

अवैधरुपमा अमेरिका छिर्नका लागि महावीरलाई १५ लाख रुपैयाँ भीमप्रकाशका ज्वाइँले पहिलो चरणमा नगद लगानी गरे । तर, महावीरले अमेरिका नपठाएपछि फसेको पैसा निकाल्न भण्डारीले निकै दौडधुप गरे । तर, फसेको पैसा निकाल्न नसकेपछि ससुरा भीमप्रकाशलाई अनुरोध गरे ।

ससुरा कांग्रेसकै नेता भएकाले उनले महावीरले दिएका दुई वटा चेक समेत लिएर गए । भीमप्रकाशले ज्वाइँको पैसा निकाल्न धेरै पटक मुख्यमन्त्री चौधरीलाई पहल गरिदिन आग्रह गरे ।

यसैबीच मुख्यमन्त्री चौधरीले वर्षौं पहिलेदेखि नै अमेरिकामा रहेका भाइको गतिविधि र कारोबारबारे आफूलाई कुनै जानकारी नरहेकाे बताएका छन् । उनको सचिवालय स्रोतले भने महावीर अहिले नेपालमै नरहेको जनाएको छ । कांग्रेस क्षेत्रीय सभापति भीमप्रकाश खड्काले पैसा माग्न जाँदा छिट्टै दिने भनेर आश्वासन बाहेक अरू केही नपाएको गुनासो गरे । उनले घडेरी वा जग्गा दिएर मिलाउने आश्वासन दिएको धेरै पटक भए पनि कुरा मात्रै भएको र पैसा नदिए कानुन बमोजिम अघि बढ्ने बताए । साभार

  • ६ माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech