७ मंसिर २०८१, शुक्रबार

बैजनाथ महोत्सव छटौं दिन पनि उल्लासमय
  • न्युज मानसराेवर

बैजनाथ,बाँके: बाँकेको बैजनाथ गाउँपालिका ५ मा अवस्थित न्युसिटीको खुल्ला मैैदानमा सञ्चालन भईरहेको महोत्सवमा सोमबार छैटौ दिनमा पनि दर्शकहरुले उल्लासमय तरिकाले भरपुर मनोरञ्जन लिएका छन् । महत्सवको छैटौ दिन चर्चित गायिका समिक्षा अधिकारी, लोक दोहोरी गाएक रामजी खाण तथा हास्य कलाकार भुवनेश्वर अधिकारी, गायिका तथा चर्चित उद्घोषिका शोभा त्रिपाठि लगाएतको बेजोड प्रस्तुती रहेको आयोजकले न्युज मानसरोवरलाई जनाएको छ ।

खचाखच दर्शकहरुले गाएक गायिकाद्धयहरुको सुमुधुर स्वरका बिभिन्न गित संगित सुन्दै चर्को हुटिगं गर्दै रमाएको सजिलै देख्न सकिन्थ्यो । शहर वजारमा मात्र हैन गाउमा पनि यस्ता मेला महोत्सवहरु सजिलै सञ्चालन हुन सक्छन भन्ने गतिलो उदाहरण बनेको बैजनाथ महोत्सव माघ १० गतेदेखी सञ्चालन भैरहेको छ भने माघ २१ गतेसम्म सञ्चालनमा रहनेछ ।

“मेहनत सृजना , उत्पादन र वस्तु मेरै नेपालको प्रथम बैजनाथ तथा छैटौं औधोगिक लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, व्यापार एवं पर्यटन महोत्सव–२०८० “कृषि पर्यटन उद्योग र उत्पादन संस्कृतिको पहिचान विकास र संबृद्धि बैजनाथको अभियान भन्ने मुल नाराका साथ संचालन भैरहेको महोत्सवमा तिन लाख दर्शकहरूले अवलोकन गर्ने अनुमान महोत्सव मुुल आयोजक समितिले आंकलन गरेको छ ।

महोत्सव स्थलमा स्थानीय संस्कृतिको झल्को दिने थारू गाउँ, सहितका पर्याप्त मनोरञ्जनका स्टलहरूका अलावा स्थानीय सहित प्रदेशभरिका पर्यटन, उद्योग, संस्कृति प्रर्वद्धनमा टेवा पुग्ने विश्वासका साथ बहुआयामिक स्टलहरु समेत राखिएको मुल आयोजक समितीका संयोजक सुमन विश्वकर्माले जानकारी दिए।

भोली माघ १६ गते चर्चित गायिका रचना रिमाल, थारु गायक श्री निवास थारु, गायक ए.टी. महर, गायक कमल बिसी र स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

  • १५ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech