२७ चैत्र २०८१, बिहीबार

कर्णालीमा हिमपात (तस्वीरहरु)
  • न्युज मानसराेवर

जुम्ला: कर्णाली प्रदेशका विभिन्न जिल्लामाआज बिहानैदेखि हिमपात भएको छ। हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो।

जुम्ला सदरमुका खलंगामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ। ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा-१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिए।

यसवर्षको हिउँदेयामको पहिलो हिमपात हो। अहिले हिमपात भइरहेको छ। माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए। जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ।

स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाको भनाइ छ। जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ।

​​​​​​​

  • १८ माघ २०८०, बिहीबार प्रकाशित

  • Nabintech