खजुरा : बाँकेको खजुरामा जारी नवौ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगितामा शुक्रबार बाग्मति स्पोर्टस क्लब र न्यु दर्पण युवा क्लबले जित निकालेका छन । यो सगैं क्वाटर फाइनल खेल खेलेका बाग्मती र न्यु दर्पण सेमि फाइनलको यात्रा तय गरेका हुन ।
शुक्रबार सम्पन्न पहिलो खेलमा बाग्मति स्पोर्टस क्लब बि गाउँले एफ सि ब्रोर्दस खजुरालाई पेलान्टी सुट आउटमा हराएको हो । खेल सुरु भएको ५ मिनेट जाँदा बाग्मति स्पोर्टस क्लबका श्याम ब्यादीले गोल गरेका थिए भने खेलको ३६ औं मिनेटमा एफ सि ब्रोदर्सका प्रेम सुनारले थप एक गोल गरि खेललाई बराबरीमा ल्याएका थिए । खेलको समयसिमा भित्र दुबै टिमको १÷१ को बराबरी भएपछि खेल ट्राइबेकरमा गएको थियो । पेलान्टी सुटमा गएको खेलमा बाग्मतिको तर्फबाट ३ गोल भयो भने ब्रोदर्स बाट १ गोल मात्र भए । पहिलो खेलको म्यान अफ द म्याच बाग्मती स्पोर्टस क्लबका गोल किपर सुदिप शाहि भएको खेल संयोजक तिलक विर सुनारले जनाए ।
शुक्रबार भएको दोस्रो खेलमा न्यु दर्पण विजयी भएको छ । नेपालगन्जको धम्बोझी स्पोर्टस क्लब र न्यु दर्पण क्लब खजुरा ई गाउँको खेल अवधिभर कुनै गोल हुन नसकेपछि बराबरी भएको थियो । पछि खेल ट्राइबेकरमा गएपछि धम्बोझीले ४ गोल मात्र हान्दा न्यु दर्पणले ५ गोल गर्यो । खेलको म्यान अफ द म्याच न्यु दर्पणका धनसिंह विक भए । प्रचार संयोजक खगेन्द्र दाहालका अनुसार दुबै म्यान अफ द म्याच घोषित खेलाडिले नेपालगन्जमा रहेको थोपा प्रयोगशालाको तर्फबाट नगद ११ सयका दरले प्राप्त गरे ।
दर्शकको उल्लेख्यीय सहभागिता रहेको मिनि रंगशालामा माघको १५ गतेदेखि खेल सन्चालनमा रहेको आयोजक न्यु डाँफे स्पोर्टस क्लबका अध्यक्ष हरि प्रकाश विकले बताए । नवौ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद पाउने खेल सम्योजक तिलकविर सुनारले बताए । प्रथम पुरस्कार राशि हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी लिल बहादुर थापाले सौजन्य गरेका छन । खेल प्रतियोगितामा उप विजेता हुने टिमलाई ८५ हजार ५ सय ५५ हजारका साथमा मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत हुने न्यु डाँफे स्पोर्टस क्लबका उपाध्यक्ष नारायण खनालले जनाए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय रुपिया प्रदान गरिने क्लबका अध्यक्ष बिकले बताए । प्रतियोगितामा १४ टिमले भाग लिएका छन । शनिबार न्यु डाँफे स्पोर्टस क्लब ‘बि’ टिम र रेसिङ्ग साहारा कोहलपुर विच क्वाटरफाइनल खेल हुनेछ । हालसम्म न्यु डाँफे स्पोर्टस क्लब ‘ए’ , बाग्मती स्पोर्टस र न्यु दर्पण युवा क्लब सेमिफाइनल यात्रा तय गरिसकेका छन ।