आर्मीले दिएको १ सय ८२ रनको लक्ष्य पुलिसले ३७ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। पुलिसका लागि शंकर रानाले अविजित ६२ रनको अर्धशतकीय इनिङ खेले। अर्जुन साउदले३६ तथा अमित श्रेष्ठले २८ रन बनाए। आरिफ शेखले २७ रनको अविजित इनिङ खेले। शंकर रानाले छक्का प्रहार गर्दै खेल सकाएका थिए।
आर्मीका लागि कुशल मल्ल, जितेन्द्र मुखिया, साहाब आलम र वसिर अहमदले समान एक एक विकेट लिए। टस हारेर ब्याटिङ गरेको आर्मीले ४९ दशमलब ५ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनायो। आर्मीका लागि विवेक यादवले ८१ बलमा ६३ रनको अर्धशतकीय इनिङ खेले। ओपनर इम्रान शेखले २८ तथा सोमपाल कामीले ४९ रन बनाए।
कुशल मल्लले १७ रन जोडे। आठौं विकेटका लागि सोमपाल कामी र विवेक यादवबीचको ५९ रनको साझेदारी सर्वाधिक ठूलो साझेदारी रह्यो।दशौं विकेटका लागि यादव र जितेन्द्र मुखियाले ४३ रनको साझेदारी गरे। टोलीले सात विकेट गुमाएर ६९ रन बनाउँदा क्रिजमा आएका विवेकको उत्कृष्ट पारीको सहयोगमा आर्मी सम्मानजनक योगफलमा पुग्न सफल रह्यो।
पुलिसका लागि ललितनारायण राजवंशी र कप्तान दीपेन्द्रसिंह ऐरीले समान तीन तीन विकेट लिए। सागर ढकाल, कुशल भुर्तेल र करण केसीले समान एक एक विकेट लिए।