८ मंसिर २०८१, शनिबार

नवौ डाँफे कप-रेसिङ्ग सहारा विजयी, आइतबार देखि सेमिफाइनल

विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद पाउने

  • न्युज मानसराेवर

खजुरा:  बाँकेको खजुरामा जारी नवौ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगितामा शनिबार भएको खेलमा रेसिङ्ग साहारा क्लब कोहलपुर विजयी भएको छ । रेसिङ्ग साहाराले आयोजक टिम न्यु डाँफे स्पोर्टस क्लब बि लाई पेलान्टी सुट आउटमा हराएको हो । यो सगै रेसिङ्ग साहाराले सेमिफाइनल यात्रा तय गरेको छ । खेल अवधिभर दुबैटिम देखी कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो । पेलान्टी सुट आउटमा रेसिङ्ग साहारा ६–५ गोल अन्तरले विजयी बनेको छ ।

खेलको म्यान अफ द म्याच रेसिङ्ग साहारा कोहलपुरका गोल किपर प्रकाश कार्कि भए । प्रचार संयोजक खगेन्द्र दाहालका अनुसार गोल किपर कार्किले म्यान अफ द म्याच घोषित खेलाडिले नेपालगन्जमा रहेको थोपा प्रयोगशालाको तर्फबाट नगद ११ सयका दरले प्राप्त गरे । खेल संयोजक तिलक विर सुनारका अनुसार सेमिफाइनलमा न्यु डाँफे स्पोर्टस क्लब ‘ए’, बाग्मती स्पोर्टस र न्यु दर्पण युवा क्लब र रेसिङ्ग साहारा सेमिफाइनल खेल खेल्ने जनाए ।

माघ १५ गतेदेखि सन्चालनमा रहेको नवौ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको फाइनल माघ २३ गते हुनेछ । न्यु डाँफे स्पोर्टस क्लबका अध्यक्ष हरि प्रकाश विकका अनुसार नवौ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद पाउने छन ।

प्रथम पुरस्कार राशि हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी लिल बहादुर थापाले सौजन्य गरेका हुन । खेल प्रतियोगितामा उप विजेता हुने टिमलाई ८५ हजार ५ सय ५५ हजारका साथमा मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक तिलकविर सुनारले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय रुपिया प्रदान गरिने क्लबका अध्यक्ष बिकले बताए । प्रतियोगितामा १४ टिमले भाग लिएका छन । आइतबार सेमिफाइनल खेल आयोजक न्यु डाँफे स्पोर्टस क्लब ‘ए’ र बाग्मती स्पोर्टस क्लब विच हुने आयोजकले जनाएको छ ।

  • २१ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech