७ मंसिर २०८१, शुक्रबार

कोहलपुरमा राष्ट्रिय स्तरको महिला क्रिकेट हुदै

आगामि बर्षदेखि क्यानले क्यालेण्डरमा समेत महिला क्रिकेटलाई कोहलपुरमा सञ्चालन हुनेगरि समावेश गर्ने

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:  बाँकेको कोहलपुरको क्रिकेट मैदानमा यही माघ २७ गतेदेखि फाल्गुन ३ गतेसम्म सुशील कोइराला मेमोरियल अन्डर १९ महिला राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानको प्राबिधिक सहयोग, नगर खेलकुद विकास समिति कोहलपुरको सञ्चालन तथा ब्यबस्थापन र कोहलपुर नगरपालिकाको आयोजनामा प्रतियोगिता सञ्चालन हुने आज आईतवार कोहलपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आर्चायले प्रतियोगिता महिला क्रिकेटको लागी कोसेढुंगा साबित हुने बताउदै क्रिकेट मैदानको उपयोगितालाई सिद्ध गर्ने मात्र नभई संघ र प्रदेशलाई समेत महिला क्रिकेटमा लगानि गर्न रोडम्याप तयार हुनेमा विश्वास ब्यक्त गरे । क्रिकेटका पूर्व राष्ट्रिय कप्तान एल बी क्षेत्रीले कोहलपुरमा यो प्रतियोगिताले महिला क्रिकेट खेलाडीको लागी पुनर्जन्म दिएको बताए ।

केहि बर्षदेखि महिला क्रिकेट सुस्ताएको परिप्रेक्षमा राष्ट्रिय स्तरको महिला क्रिकेटको आयोजना गर्न पाउनु गर्वको कुरा भएको बताउदै राखेप सदस्य समेत रहेका क्षेत्रिले संविधानका पिता शुशिल कोईरालाको नामबाट उनको गृह जिल्लामा आयोजना हुन लागेको महिला क्रिकेटले बिशेष महत्व राख्नेमा जोड दिए ।

प्रतियोगितामा ५ टिमले सहभागीता जनाउने आयोजकले जानकारी दिएको छ । छ दिनसम्म संचालन हुने प्रतियोगितामा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित आयोजक कोहलपुर ११ टिमले प्रतिस्पर्धा गर्ने छन ।

निर्माणाधिन अवस्थामा रहेको कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताकालागी कोहलपुर नगरपालिकाले १५ लाख बजेट विनियोजन गरेको कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।

आगामि बर्षदेखि क्यानले क्यालेण्डरमा समेत महिला क्रिकेटलाई कोहलपुरमा सञ्चालन हुनेगरि समावेश गर्ने प्रतिवद्धता प्राप्त भएको राखेप सदस्य एलबि क्षेत्रिको भनाई रहेको छ ।

प्रतियोगिताकालागि खेलप्रेमि चिन्तामणी धिताललाई प्रतियोगिता संयोजकका रुपमा जिम्मेवारी तोकिएको नगर खेलकुद बिकास समितिका अध्यक्ष बुद्धि थापाले जानकारी दिए । उनले प्रतियोगिताकालागि काठमाण्डौंबाट क्युरेटर झिकाएर मैदान मर्मतको काम भईरहेको बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख र द्धितिय हुनेलाई ५० हजारसहित ट्रफिको समेत व्यवस्था गरिएको छ । विभिन्न जिल्लाबाट आउने खेलाडीहरूको आवास र खानपिनको व्यवस्था आयोजकले गर्ने बताइएको छ । प्रतियोगिताका खेलहरू कोहलपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ ।

  • २१ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech