बाँके: वन्यजन्तु सरक्षण ऎन २०२९ ले सरक्षित वन्यजन्तु को सुचीमा सुचिकृत बर्दियाको गुलरिया स्थित खैरापुरको प्राकृतिक बासस्थानमा रहेका कृष्णसार अवलोकन गर्ने पर्यटकको संख्या बढेको छ। नेपालमा मात्र नभएरै बिश्वमै दुर्लभ मानिने सरक्षित बन्यजन्तु हेर्न आन्तरिक सार्क मुलुक लगायत बिदेशी पर्यटक बढेसङ्गै राजस्व संकलनमा समेत वृद्धि भएको छ।
कृष्णसार सरक्षण क्षेत्रमा बिदेशी पर्यटकको संख्या बढेको छ। आर्थिक बर्ष २०७९/८० मा नेपाली ५ हजार ७ सय सार्क मुलुकबाट ४ र बिदेशि ४ गरि ५ हजार ७ सय ८ जना पर्यटकले कृष्णसार सरक्षण क्षेत्र अवलोकन गरेका छन् । आर्थिक बर्ष २०८०/८१ को असार सम्म नेपालि ५ हजार ५ सय ६३, सार्क मुलुक ९ र बिदेशि ४२ गरि ५ हजार ६ सय १४ जनाले अवलोकन गरेका छ्न। अवलोकनमा आउने पर्यटक मध्य बाह्य मुलुकको भन्दा नेपालिको संख्या अधिक छ। आर्थिक बर्ष २०७९/८० मा सरक्षण क्षेत्रमा आएका पर्यटकबाट ६ लाख ६३ हजार ६ सय ३०रुपैयाँ राजस्व संकलन भएकोमा २०८०/८१ को असार मसान्त सम्ममा ६ लाख४४ हजार ८ सय रुपैयाँ राजस्व उठेको कृष्णसार सरक्षण क्षेत्रका अधिकृत बिनयकुमार झाले जानकारी गराउनु भएको छ।
सरक्षण क्षेत्रमा प्रवर्द्धनगर्न कार्यलयले भ्यु टावर डिजिटल बोर्ड निर्माण लगायत होमस्टे प्रवर्द्धनको लागि सुरुवात गरेको छ। बार्षिक रुपमा पर्यटक वृद्धि गर्दै सरक्षण क्षेत्रलाई पर्यटकिय हबको रुपमा बिकास गर्न स्थानिय सरकार वडा र परिषदसङ्ग सहकार्य गर्दै आगामि बर्षमा बिस्तार गर्ने गरि कार्यक्रम तयार पारिएको छ। बर्दियाको खैरापुरस्थित कृष्णसार सरक्षण क्षेत्रमा पर्यटकहरु नियमित आउने गरेका छन् । टिकट काटेर मात्र प्रवेशको अनुमति पाइन्छ । दशै तिहार जस्ता चाडपर्वमा कृष्णसार हेर्ने पर्यटकको चाप अत्याधिक हुन्छ।
अवलोकनका क्रममा कृष्णसारलाई लखेट्न ,छुन हो हल्ला गर्न तथा फोहोर फाल्न पाइदैन । कृष्णसार सरक्षण क्षेत्रमा भाले ३७, पोथि १२२, र बच्चा ४० गरि १९९ कृष्णसार रहेका छन् सरकारले कृष्णसार सरक्षण क्षेत्र घोषणा गरि दुर्लभ वन्यजन्तु सरक्षण गर्न थालेको छ। पर्यटकिय अवलोकनका लागि नेपालीलाई १ सय ,सार्क मुलुक ५ सय र बिदेशी पर्यटकले २ हजार रुपैयाँ दस्तुर बुझाउनु पर्छ। कार सफारि १ हजार ५ सय र जिप सफारीको लागि ३ हजार रुपैयाँ कायम गरिएको छ। दश बर्ष मुनिका स्वदेशी तथा बिदेशि बालबालिका र सत्तरि बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई प्रवेश निशुल्क छ। बर्दिया खैरापुरको प्राकृतिक बासस्थानमा रहेका र्दुलभ बन्यजन्तु कृष्णसार हेर्न आउने पर्यटक बढेसँगै राजस्व पनि बढेको छ । त्यसैले सबैमिलि कृष्णसारको संरक्षणगर्दै पर्यापर्यटन प्रर्बद्धनमा हातेमालो गर्न आवश्यक छ।