११ मंसिर २०८१, मंगलवार

१ अर्ब ६८ करोडमा बर्दियामा राजापुर सुगर मिल स्थापना

मिल सञ्चालनमा आए ५ सयभन्दा बढी जनाले प्रत्यक्षरुपमा रोजगारी पाउने

  • न्युज मानसराेवर

बर्दिया:बर्दियाको राजापुरमा नयाँ चिनी उद्योग सञ्चालनमा आउने भएको छ। राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा चिनी मिल सञ्चालनको तयारी थालेको हो। उद्योग स्थापनाको कूल लागत १ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ रहेको छ। प्रारम्भीक निर्माणको चरणमा रहेको राजापुर सुगर आउँदो सन् २०२५ असारसम्म सञ्चालनमा आउने भएको छ।

उद्योगमा ८० प्रतिशत बैंकको ऋण र बाँकी २० प्रतिशत संस्थापकहरुको स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको छ। जसमा १ अर्ब ३५ करोड रुपैयाँ बैंकको ऋण र बाँकी ३३ करोड ६८ लाख रुपैयाँ स्वपुँजी लगानी हुने राजापुर सुगरले जनाएको छ। दैनिक २५ सय टन उखु क्रसिङ गर्ने उद्योगको क्षमता छ। उद्योगले चिनीका साथै मलोसिसबाट मदिरा पनि उत्पादन गर्ने भएको छ। यसका लागि बेग्लै उत्पादन प्लान्ट राख्ने राजापुर सुगरले जनाएको छ। उद्योग राख्नका लागि अहिले जग्गा अधिग्रहणको काम भइरहेको छ भने १ अर्ब ५३ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।

ओलीको लगानीमा देउती प्याकेजिङ, देउती सोप एन्ड केमिकल्स,लोटस टोबाको इन्डष्ट्रिज, होटल मेगा र देउती रियलस्टेट सञ्चालनमा छन्। राजापुर सुगर २०२३ मा स्थापना भएको हो।

  • २३ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech