कोहलपुर:कोहलपुर नगरपालिका वडा नं.११ गाेलपार्क स्थित भ्यू टावर काेहलपुर नगरपालिका आफैले संचालन गर्ने भएकाे छ। टावर भोलि माघ २६ गते देखि परिक्षणका लागी नगरपालिकाले संचालन गर्न लागेकाे काेहलपुर नगरपालिका सामाजिक विकास समितिका संयाेजक इश्वरी प्रसाद वि.क.ले उल्लेख गरेका छन।
कुल लागत ५ कराेड ६३ लाखमा निर्माण गरिएकाे भ्यु टावर संचालनका लागि पटक पटक बाेलपत्र आब्हान गर्दापनि निवेदन नपरेपछि नगरपालिका स्वयंले संचालन गर्न लागेकाे हाे । भ्यू टावर प्रवेश शुल्क प्रति व्यक्ति ७५ रुपैया कायम गरिएकाे सामाजिक विकास समिति संयाेजक वि. क. ले सामाजिक सञ्जालमा उल्लेख गरेका छन।