८ मंसिर २०८१, शनिबार

विश्वकप लिग–२: आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
  • न्युज मानसराेवर

काठमाडौँ:आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबिया सम्मिलित त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा घरेलु टोली नेपालले आज शनिबार नेदरल्यान्ड्ससँग खेल्दैछ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ।  पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाली टोली दोस्रो खेलमा जित निकाल्ने योजनामा छ।
नामिबियाविरुद्धको पहिलो खेलमा टोली बाहिर रहेका अलराउण्डर दिपेन्द्र सिंह ऐरीले आजको खेलमा पुनरागमन गर्न सक्नेछन्।नामिबियाविरुद्धको खेलमा दिपेन्द्र युएईमा जारी आईएल टी २० मा थिए। ऐरी गल्फ जायन्ट्समा आवद्ध थिए। उनी शुक्रबार राति नै नेपाल फर्किएका छन्। उनको आगमनले नेपाली टोली थप बलियो बन्नेछ।  उता नेदरल्यान्ड्स भने नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा हुनेछ।

हेड टु हेड
नेपाल र नेदरल्यान्डस् यसअघि तीन ओडीआई खेलमा भेट भएका छन्। यी तीन भेटमा नेपालले एक खेलमा जित निकाल्दा दुई खेलमा भने हार भोगेको छ।

यसअघि सन् २०१८ मा भएको दुई खेलको सिरिजमा पहिलो खेलमा ५५ रनले पराजित भएको थियो। तर दोस्रो खेलमा भने १ रनको रोमाञ्चक जित निकाल्दै नेपालले सिरिज बराबरी गरेको थियो।  पछिल्लो पटक सन् २०२३ मा भएको विश्वकप छनोटमा नेपाल ७ विकेटले पराजित भएको थियो।

नेपालको टोली
रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ।

  • ५ फाल्गुन २०८०, शनिबार प्रकाशित

  • Nabintech