नेपालगन्ज:बहुप्रतिक्षित टिभिएसको पहिलो ‘मोडर्न रेट्रो’ अनस्क्रिप्टेड लाइफस्टाइल मोटरसाईकल रोनिन’ नेपालगन्जमा लन्च गरिएको छ । नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालमा टिभिएस रोनिन काठमाण्डौमा सार्वजनिक गरेसंगै नेपालगन्जको आधिकारिक बिक्रेता ग्रेस एण्ड ग्लोवल ट्रेडिङ्ग प्रालि पनि उक्त मोटरससाइकल सार्वजनिक गरेको हो ।
नेपालगन्जको सिने रोयलमा भब्य कार्यक्रममा बिच नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले टिभिएस ’रोनिन’ लन्च गरेका हुन् । टिभिएस ’रोनिन’ लन्च गर्दै धामीले यो मोटरसाईकलले शमयको बचत संगै राईडरहरुको जिवनशैलिलाई सहज बनाउने बताए ।
टिभिएस ’रोनिन’ लन्च कार्यक्रममा कम्पनीका प्रोडक्ट हेड प्रशान्त राजभण्डारीले प्रिमियम मोटरसाइकल जगतमा ’रोनिन’ लाइफस्टाइल सेग्मेन्टमा प्रवेश गरेको बताए । टिभिएस ’रोनिन’ नयाँ युगका राइडरहरुकालागि तयार गरिएको मोटरसाइकल बताउँदै उनले भने यो स्टाइल, प्रविधि र सवारी अनुभवलाई ध्यानमा राखेर निर्माण गरिएको छ जसले नयाँ पुस्ताका राइडरहरुका लागि अनस्क्रिप्टेड जीवनशैली प्रवर्द्धन गर्दछ ।
“टिभिएस ‘रोनिन’को लन्च नेपालमा टिभिएस मोटरका लागि महत्वपूर्ण माइलस्टोन हो । यो मोटरसाइकलको साथ नेपाली बजारमा बाइकिङ समुदायलाई टिभिएस ‘रोनिन’को विशिष्ट डिजाइन, अत्याधुनिक प्रविधि र जडान गरिएका सुविधाहरूको लाभ उठाउने अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ । ‘यो मोटरसाइकलको लन्चले टिभिएसले उत्पादनको दायरा, विशेष गरी आधुनिक रेट्रो क्षेत्रमा विस्तार भएको छ,’ प्रोडक्ट हेड राजभन्डारी भने ।
२२५ सिसि क्षमताको टिभिएस ’रोनिन’ मोटरसाइकलको तौल १६० के. जी. छ भने यसले २०.४ पिएस पावर उत्पादन गर्नुको साथै १९.९३ एनएम टर्कले मोटरसाइकलमा सबैभन्दा राम्रो पावर–टू–वेट रेसियो बनाउँछ । क्लासिक डिजाइन प्याकेजमा ’रोनिन’ मोटरसाइकललाई रेन र अर्बन एबीएस मोड, ग्लाइड टेक्नोलोजी (जीटीटी), भ्वाइस र राइड सहायता सहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसन जस्ता विशिष्ट प्राविधिक सुविधाहरूसहित निर्माण गरिएको छ ।
टिभिएस ’रोनिन’ले टचपोइन्टहरूको कुरामा आफ्ना ग्राहकहरू र उनीहरूका प्रमुख सम्बन्धहरूलाई राम्रो संग बुझेको छ । यसले ग्राहकहरूको मुख्यतया संगीत, यात्रा र सामाजिक सम्बन्धहरूद्वारा संचालित अनुभवहरूलाई सहज रूपमा जोड्न मद्दत गर्दछ ।
ग्रेस एण्ड ग्लोवल ट्रेडिङ्ग प्रालिका प्रबन्धक महादेबसिंह ठकुरीका अनुसार टिभिएस ’रोनिन’ले नेपालका धेरै युवा राइडरलाई आधुनिक रेट्रो मोटरसाइकलको सहज सवार प्रति प्रोत्साहित गर्नेछ । ‘रोनिन’ स्टाइल, कम्फर्ट र टेक्नोलोजीको पर्फेक्ट फ्युजन रहेको ठकुरीले बताए ।
पत्रकार प्रज्वल श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ पत्रकार पूर्णलाल चुके, स्थानीय युवा प्रकाश कुँवर, विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।