९ बैशाख २०८२, मंगलवार

केएल दुघड बाँकेको बदमासि तौल कम राखेर बेच्दै खाद्यान्न

२० किलोको चिउरा प्याकेटमा १८/ १९ केजि राख्दै उपभोक्ता ठग्दै

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुर – नेपालगञ्ज सडक खण्डको जानकी र कोहलपुरको सिमानामा रहेको केएल दुगड उद्योग अन्तर्गत रहेको फुड प्रोडक्ट प्रालिले तौल कम राखेर खाद्यान्न बिक्रि वितरण गरेको पाईएको छ । के एल दुगडले उत्पादन गरेको २० केजी चिउराको बोरामा १८ /१९ केजी र ५० केजी अरुवा चामलको बोरामा २०० ग्राम तौल कम राखेर बिक्री गर्दै आएको पाईएको हो ।

उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवम् पूर्वमन्त्री अब्दुल खानसहितको टोलीले बाँकेका विभिन्न उद्योगको निरीक्षण अनुगमन गर्ने क्रममा केएल दुगड उद्योग अन्तर्गत रहेको फुड प्रोडक्ट प्रालिमा उक्त कम तौल परिमाणका खाद्य वस्तुहरु भेटिएका हुन ।

तौल कम भएका खाद्यन्न भेटिएपछि मन्त्रि खानले उद्योगमा निरीक्षण गर्दा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि नियम बमोजिम जरिवाना र आवश्यक कारबाही गरिने जनाएका छन । उनले भने ‘‘सर्वसाधारण नागरिकको स्वास्थ्यसँग खेलबाड गर्नेगरी खाद्यवस्तु बिक्री गर्ने, तौल कम गरेर उपभोक्तालाई ठग्ने जति ठुला उद्योगी व्यापारी भए पनि समितिले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गरिनेछ’’

केएल दुगडका केही कर्मचारीहरूले सभापति खानलाई अनुगमन गर्नमा केही समय अवरोध गरेपछि प्रहरीको सहयोगमा उद्योग भित्र अनुगमन गर्दा कम तौलको समस्या देखा परेको सभापति खानका निजी सचिव अतिउल्ला मुसलमानले न्युज मानसरोवरलाई बताए ।

  • ७ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech