९ बैशाख २०८२, मंगलवार

सडक पूर्वाधारलाई तीब्रता दिँदै नेपालगन्ज १८ नं. वडा
  • न्युज मानसराेवर

नेपालगन्ज:नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८ ले पूर्वाधार विकासलाई जोड दिएको छ । उक्त वडाले अघिल्लो वर्ष निर्माण हुन नसकेका स्थानमा सडक निर्माणलाई तीब्रता दिएको हो ।

पूर्वाधार विकास कार्यक्रम अन्तर्गत वडाले कारकाँदो बईपास रोड खानेपानी ट्यांकी भगवती टोलको भित्री सडक निर्माणका लागि टोलबासीको उपस्थितिमा आर सी सी नाला, पी सी सी सडक तथा केहि भागमा माटो तथा ग्रबेलको काम सुरु गरेको वडा अध्यक्ष दिपक वर्माले जानकारी दिए । उक्त पूर्वाधार निर्माणका लागि ३० लाख बजेट विनियोजन भएको छ ।

यस्तै यही टोलको मुल सडकको निर्माणको काम भने संघीय सरकारको रु १ करोडको लागतमा निर्माण भइ रहेको पनि उनले जानकारी दिए । जसको शिलान्यास यसै आर्थिक बर्षमा एक महिना अगाडि मात्रै गरिएको थियो ।

अहिले उक्त सडकको निर्माण पनि तीब्ररुपमा भइरहेको छ । चालु आर्थिक वर्षमा वडाको विभिन्न टोल बस्तीमा सडक स्तर उन्नतिको कार्य भइ रहेको पनि उनले बताए । ’अझ आधा दर्जन भन्दा बढी सडकको शिलान्यास हुन बाँकी छ’– उनले भने ।

  • ७ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech