कोहलपुर,बाँके:दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका भूकम्पविद् लोकविजय अधिकारीले दिएको जानकारी अनुसार आज (मंगलबार बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि यही फागुन ४ गते पनि बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो। यो भूकम्प पनि गत असोजमा बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पकै परकम्प थियो।