कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा लागुऔषध सहित दम्पति नै पक्राउ परेका छन् । कोहलपुर नगरपालिका वडा नं. ११ लोकनगरस्थित चिया पसल गर्दै आएका बाजुरा हिमाली गाउँपालिका वडा नं. ४ घर भएका २५ वर्षीय खेमराज पाण्डे र उनकी श्रीमती २४ वर्षीया दिपा शाही लागु औषध सहित पक्राउ परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिई गएको प्रहरी टोलिले उनीहरूलाई ७ सय मिलिग्राम लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस बिषयका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।