८ मंसिर २०८१, शनिबार

सकियो बागेश्वरी क्याम्पसको भलिवल खेल ईभेन्ट्स

स्वतन्त्र विद्यार्थी युनियन र क्याम्पसका प्राध्यापकहरु बिच भएको मैत्रीपुर्ण खेलमा स्वतन्त्र विद्यार्थी युनियनको जित

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजना तथा क्याम्पसको समन्वयमा सप्ताहव्यापी भलिबल प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थका लागि खेलकुद भन्ने मुलनाराका साथ यहि फागुन –११ गतेदेखि क्याम्पसमा अन्तर संकाय भलिबल प्रतियोगिता शुरु गरिएको थियो ।

सोमवारको अन्तिम खेलमा छात्रातर्फ आरती थारुको समूह (व्यवस्था संकाय) विजेता भएको छ भने कमला थापाको समुह उपविजेता भएको छ । छात्रतर्फको अन्तिम खेलमा भिम बुढाथोकीको समूह (व्यवस्थापन संकाय) विजेता र नवराज वि.क.को समुह (शिक्षाशास्त्र संकाय) उपविजेता भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन र क्याम्पसका प्राध्यापकहरु बिच भएको मैत्रीपुर्ण खेलमा स्वतन्त्र विद्यार्थी युनियनले जित हात पारेको छ । समापन कार्यक्रममा क्याम्पस प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि दान बहादुर हमालले खेलाडी लाई आफ्नो खेलप्रतिको चासोले स्वास्थमा फाईदा पुग्ने मात्र नभई आगामी दिनमा हुने विश्वविद्यालय स्तरीय एवम् क्याम्पस स्तरीय कार्यक्रममा अब्बल सावित गर्ने वताए । उनले यो खेलबाट छात्रा र छात्र खेलाडी पहिचान गरिएकोले दुवै समूह निर्माण गरिएको समेत जानकारी दिए ।

छात्र तथा छत्रातर्फका विजेता खेलाडीहरु लाई रु १०/१० हजार नगद, मेड्ल र प्रमाणपत्र उपविजेता दुवै समुहलाई रु ५/५ हजार नगद प्रमाणपत्र र मेडल प्रदान गरिको कार्यक्रममा छात्रतर्फ उत्कृष्ट खेलाडी हिरालाल राना र छात्रातर्फ शुसिला कुमारी थारुलाई ट्र्फी र प्रमाणपत्र प्रदान गरिएको स्ववियु सचिव महेन्द्र प्रकाश मल्लले न्युज मानसरोवरलाई जानकारी दिएका छन ।

अनुशासन तर्फ छात्रा आरती थारु र छात्रा राज् के सि लाई रु १/१ हजार नगद, प्रमाणपत्र प्रदान गरिएको कार्यक्रमको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष देवेन्द्र बहादुर बुढाको सभापतित्वमा सम्पन्न भएको थियो भने सहजीकरण सचिव महेन्द्र प्रकाश मल्लले गरेका थिए ।

  • १४ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech