नेपालगन्ज : प्रदेशमा युवा मैत्री निती निर्माणमा योगदान दिने उद्देश्य राख्दै बाँकेमा लुम्बिनी प्रदेश युवा सम्मेलन हुने भएको छ । आइतबारदेखि ३ दिन सम्म बाँकेको गाभरमा चल्ने सम्मेलनले प्रदेशमा युवाहरुलाई स्वरोजगार बनाउँदै विदेश पलायनबाट रोक्न निती निर्माणमा सघाउ पुरयाउने विश्वास गरिएको छ ।
सम्मेलनको पूर्वसन्ध्यामा आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा एक राम्रो बिश्वका लागि युवा अभियान, युवा उद्यमशीलताको सृजनाः सम्भावना र रचनात्मक प्रवद्र्धन, प्रभावकारी शासकनका लागि युवा शसक्तिकरण, जलवायु कार्यमा युवा संलग्नता लगायतका बिषयमा छलफल गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल युवा परिषदका अध्यक्ष सरोज बानीयाले सम्मेलनले निकालेको निचोड प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय। समाजिक विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा बुझाइने जानकारी दिए । उनले सम्मेलनको निचोडले राज्यलाई युवा निती बनाउन सघाउ पुग्ने बताउँदै उनले स्थानीय पालिकाहरुले समेत युवा निती बनाउँदा सम्मेलनको निचोडले सहज बनाउने दाबी गरे ।
पर्यटन ब्यवसायी तथा होम स्टे महासंघका महासचिव कृष्ण चौधरीले बाँकेको गाभर भ्यालीमा हुने सम्मेलनमा प्रदेशका १२ वटै जिल्लाको खानपान, भेषभुषा र संस्कृतिको प्रदर्शन सहित छलफल गरिने जानकारी दिए । उनले सम्मेलनमै थारु समुदायको परिकार घोँघी खाने प्रतियोगिता गरिनुका साथै प्रदेशको कला झल्कनेगरि सांस्कृतिक कार्यक्रम गरिने बताए । लुम्बिनी प्रदेशको रैथाने खानाको ब्राण्डिङ गर्न सम्मेलनले भुमिका खेल्ने विश्वास ब्यक्त गर्दै चौधरीले लुम्बिनीमा पर्यटन उद्योगलाई सम्मेलनले सहयोग गर्ने दाबी गरे ।
१२ जिल्लाका २०५ युवाहरु सहभागी हुने सम्मेलनको उदघाटन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले र समापन प्रदेश सामाजिक विकास मन्त्री सिके गुप्ताले गर्ने आयोजकले जनाएको छ ।
प्रेस विज्ञप्ति
नेपालमा कुल जनसंख्याको ४२.५६ प्रतिशत हिस्सा ओगटेको युवा जमातलाई विभिन्न तह र तप्कामा नेतृत्वदायी भूमिकामा ल्याउने उद्देश्यका साथ युवा उद्यमशीलता, जलवायु परिवर्तन, युवा नेतृत्व, सिप विकास, दिगो विकास लक्ष्य प्राप्ती, सुशासन, आन्तरिक पर्यटन तथा स्थानीय कलासंस्कृति र परिकारहरुको संरक्षण एवं सम्बर्धन, कृषिमा आधारित पेशाको विकास, महिला सशक्तिकरण जस्ता विषयगत कार्यक्रमहरु आयोजना गरी युवाहरुलाई उत्प्रेरणा जगाउने उद्देश्यका साथ “युवा परिवर्तनका सम्बाहक हुन्” भन्ने नारा सहित युवाहरुद्वारा नै नेतृत्व गरेको ७ प्रदेश र ७७ जिल्लामा स्थापित एक मात्र युवा संस्था हो “नेपाल युवा परिषद” ।
“उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश“ भन्ने मूल नाराका साथ नेपाल युवा परिषद सन् २०१२ मा स्थापना भई सोही वर्षदेखि नै युवा उद्यमशीलता, दिगो विकास लक्ष्यका लागि युवा, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, वातावरण र नेतृत्वका लागि युवा, मिडिया र डिजिटल साक्षरताका लागि युवा, नैतिक र पारदर्शी शासनका लागि युवा, नागरिक संलग्नता र निर्वाचनमा युवाहरू जस्ता विषयगत क्षेत्रलाई समावेश गरी नेपाल सरकारका विभिन्न तहहरू, अन्तर–सरकारी संस्थाहरू, अन्तर्राष्ट्रिय संस्थाहरू, नागरिक समाजका संस्थाहरू, I/NGOs, निजी क्षेत्र, शैक्षिक संस्थाहरू, विभिन्न सञ्चारमाध्यमहरू, सामुदायिक संस्थाहरू र अन्य धेरैसँगको साझेदारीमा देशैभरीका सबै जिल्लाका २२० जना युवाहरूलाई सहभागी बनाई काठमाडौंमा राष्ट्रिय युवा सम्मेलन गर्दै आएको छ भने सन् २०१९ देखि प्रदेश युवा सम्मेलनको आयोजना गर्दै आएको छ । जसअनुसार सन् २०२० मा हामीले नेपालगञ्जमा पहिलो लुम्बिनी प्रदेश युवा सम्मेलन गरेका थियौँ । उक्त सम्मेलनमा लुम्बिनी प्रदेशको १२ वटै जिल्लाहरूबाट २०५ जना युवाहरूको सहभागिता रहेको थियो। यस्तै सन् २०२० मा विश्वव्यापी कोभिड महामारीका कारण शारीरिक रुपमा सहभागी बनाउन नसकिए पनि प्रविधिको पूर्ण सदुपयोग गरि “भर्चुअल लुम्बिनी प्रदेश युवा सम्मेलन २०२०” सफलताका साथ सम्पन्न गर्न सफल भएका थियौँ। सो कार्यक्रममा पनि लुम्बिनी प्रदेशका १२ वटै जिल्लाहरूबाट २०५ बढी युवाहरूको सहभागिता रहेको थियो ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि सन् २०२४ मार्च ३, ४ र ५ (वि.सं. २०८० फाल्गुन २०, २१ र २२ गते) अर्थात विश्व वन्यजन्तु दिवसको अवसर पारि लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरी ज्यूको प्रमुख आतिथ्यतामा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको प्रकृतिले सुन्दर र रमणिय स्थान गाभर भ्याली होमस्टेमा हामीले तेस्रो लुम्बिनी प्रदेश युवा सम्मेलनको आयोजना गर्न गइरहेका छौँ । यस सम्मेलनलाई भब्यताका साथ सम्पन्न गर्नका लागि ल्अभिि ले बिशेष सहयोग गरेको छ भने बैजनाथ गाउँपालिका सह–आयोजकको रुपमा रहेको छ, राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक), राप्ती सोनारी गाउँपालिका, कोहलपुर नगरपालिका, प्रदेश युवा परिषद् लुम्बिनी प्रदेश, विश्व वन्यजन्तु कोष, उज्यालो नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा हुन लागेको यस सम्मेलनमा जेडएक्सेल, क्रेयसन नेपाल, रैथाने एग्री प्रडक्ट्स नेपाल, होमस्टे महासंघ नेपाल, समृद्धिका लागि पर्यटन, कोकाकोला नेपाल, बास नेपाल, खल्ती, नेपाल पर्यटन वोर्ड जस्ता दर्जनौ संघसंस्थाको एक्येबद्धतामा ३ दिनसम्म चल्ने सो युवा सम्मेलनमा यस लुम्बिनी प्रदेशको १२ वटै जिल्लाहरुबाट Leave No One Behind भनाईलाई सुनिश्चत गर्न दलित, आदिवासी, जनजाति, मधेसी, थारू, अल्पसंख्यक, सीमान्तकृत समूह अपाङ्गता, मुस्लिम, पिछडिएको वर्ग, LGBITQ± लगायत उत्पीडित र पिछडिएका क्षेत्रहरू र आर्थिक रूपमा विपन्न समुदायहरूलाई थप समावेशी बनाउन २०५ जना युवाहरूलाई सम्मेलनमा सहभागीता जनाउँदैछन् ।
यस लुम्बिनी प्रदेशको प्रदेश युवा सम्मेलन २०२४ मा विभिन्न विज्ञहरुद्वारा विषयगत क्षेत्रमा कार्यपत्र प्रस्तुत, प्यानल छलफल, सफलताका कथाहरु सहित ३ दिनको कार्यक्रम सञ्चालन हुनेछ । यसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको युवा साँस्कृतिक साँझ, लुम्बिनीका युवाद्वारा तयार पारिने लुम्बिनी प्रदेशको प्रादेशिक कार्ययोजना रहेको छ । सहभागी हुन आउने सम्पूर्ण युवाहरुले आफ्नो कला सँस्कृति झल्कने भेषभुषा, स्थानीय स्तरमा पाईने रैथाने खानाका परिकार र रैथाने बिउबिजन समेत लिई प्रदेश युवा सम्मेलन हुदैछ। जसले युवाहरुलाई कलासँस्कृतिको जर्गेना गर्ने अभियानमा ध्यान जानेछ र उनीहरुको सहभागीताले थप सहयोग पुग्ने कुरामा आयोजक विश्वस्त रहेको छ ।
लुम्बिनी प्रदेशका माननीय सामाजीक विकास मन्त्री चन्द्रकेश (सि.के) गुप्ताज्यूले यस सम्मेलनको समापन समारोहमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस सम्मेलनमा बैजनाथ गाउँपालिका अध्यक्ष, कोहलपुर नगरपालिकाका प्रमुख, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष, राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) का प्रमुख डा. बालकृष्ण जोशी, रैथाने अभियान्ता तिलक ढकाल र नेपाल पर्यटन वोर्ड पूर्व कार्यकारी सदस्य कृष्ण कुमार अर्याल लगायतका व्यक्तिहरुको उपस्थिति रहनेछ ।
सम्मेलनको विषयगत क्षेत्रहरूः
- SDGs को लागि वकालत गर्दैः एक राम्रो विश्वको लागि युवा अभियान
- युवा उद्यमशीलताको सृजना ः सम्भावना र रचनात्मकताको प्रवर्द्धन
- प्रभावकारी शासनको लागि युवा सशक्तिकरण
- जलवायु कार्यमा युवा संलग्नताः दिगो भविष्यका लागि पहल
- वन्यजन्तु संरक्षणमा डिजिटल आविष्कार अन्वेषण
- दिगो पर्यटन पहल प्रवर्द्धनमा युवा नेतृत्व
सम्मेलनको मुख्य विशेषताहरूः
- ३ दिने आवासीय सम्मेलन
- लुम्बिनी प्रदेशका १२ जिल्लाको समावेशी प्रतिनिधित्व हुने गरी २०५ युवा प्रतिभाहरुको भेला
- जीवन्त युवा सांस्कृतिक साँझ
- रैथाने एवं परम्परागत खाना परिकारहरुको प्रदर्शनी
- रैथाने खाद्यान्नको बीउ बिजन प्रदर्शन
- १० भन्दाबढी अन्तरक्रियात्मक सत्रहरू
- प्रादेशिक कार्य योजना प्रस्तुति
- जीन बैंक अवलोकन तथा अध्ययन
सम्मेलन हुने मितिः २०८० फाल्गुन २०, २१ र २२ गते
उद्घाटन समयः बिहान ९ बजे,
स्थानः बैजनाथ गाउँपालिका – गाभर भ्याली सामुदायिक होमस्टे, बाँके, लुम्बिनी प्रदेश, नेपाल











