९ बैशाख २०८२, मंगलवार

कर्जाको माग नभएर बैंकमा पैसा थुप्रिएपछि ५० अर्ब उठाउँदै राष्ट्र बैंक

साँवा र ब्याज भुक्तानी मिति चैत ८ गते निर्धारण

  • न्युज मानसराेवर

काठमाडौं: अहिले अर्थतन्त्रमा सुस्तता आई कर्जाको माग घटेको छ । निक्षेप थुप्रिने र कर्जाको माग धेरै कम भएपछि बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको छ ।

बैंकमा अधिक तरलता भएपछि यसलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले विभिन्न वित्तीय औजारको प्रयोग गरिरहेको छ । बिहीबार मात्रै केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

आज बिहीबार बोलकबोलबाट निक्षेप संकलन औजारको प्रयोग गरेर सो रकम तान्ने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्ने भएका छन् ।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यो उपकरणको अवधि १४ दिनको हो । साँवा र ब्याज भुक्तानी मिति चैत ८ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

  • २४ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech