९ बैशाख २०८२, मंगलवार

कोहलपुरमा संचालित ई रिक्सा चालकहरुद्धारा अटोरिक्सा व्यवस्थापनको माग

अटो रिक्सा चालकले दर्ता गरि मात्र सवारी साधन चलाउनु पर्ने जस्ता विधि तयार

  • न्युज मानसराेवर

कोहलपुर : कोहलपुर नगरपालिकामा संचालित ई रिक्सा चालकहरुले अटोरिक्सा व्यवस्थापनको माग गरेका छन् । बिहीवार ई रिक्सा मजदुर संगठन र कोहलपुर यातायात सेवा प्रालिले ई रिक्सा व्यवस्थापनको माग गरेका हुन् ।

एक विज्ञप्ती सार्वजनिक गर्दै उनिहरुले कोहलपुरमा संचालित अटोरिक्सा कार्यविधि अनुसार संचालन नभएको, ट्राफिक प्रहरीको चेकजाँचमा लापरवाही भएको, अटोरिक्सा अव्यवस्थित अवस्थामा रहेकोले यसको व्यवस्थापन गर्न आवश्यक रहेको ई रिक्सा मजदुर संगठन कोहलपुरका अध्यक्ष बिनोद मल्लले बताउनुभयो ।

दर्ता र लाइसेन्सको लागि कोहलपुर नगरपालिका र ट्राफिक प्रहरीले चासो नदेखाएको हुनाले यसतर्फ पनि ध्यान जान जरुरी रहेको अध्यक्ष मल्लले बताउनुभयो । रातो प्लेटलाई कालो प्लेट आफ्नो मनमर्जिले बनाएको, सबैं प्रक्रिया पुगाउँदा समेत ट्राफिक प्रहरीले जरिवाना बढि लिदा कमाउनु भन्दा गुमाउनु धेरै भएको र एक जिल्ला वा अन्य पालिकामा सवारी बोकेर जाँदा आवतजावतमा समस्या निम्त्याउने गरेको कोहलपुर यातायात सेवा प्रालिका अध्यक्ष भुम बहादुर घर्तिमगरले बताउनुभयो ।

कोहलपुर नगरपालिकाले कार्यविधि तयार गरेर रिक्सालाई दर्ता प्रक्रिया अगाडी बढाएको कोहलपुर नगरपालिकाका प्रबक्ता नम बहादुर आले मगरले बताउनुभयो । अटो रिक्सा चालकले दर्ता गरि मात्र सवारी साधन चलाउनु पर्ने जस्ता विधि तयार भएको छ सोही अनुसार चालकले नगरपालिकामा दर्ता गरि मात्र रिक्सा चलाउन प्रबक्ता मगरले आग्रह गर्नुभयो ।

दर्ता गर्न अव्हान भनेपनि दर्ता गर्न नआउने गरेको उहाँले गुनासो पोख्नुभयो । सवारी ऐन अनुसार कालो प्लेट प्रयोग गरि मात्र रिक्सा चलाउन प्रवक्ता आले मगरले बताउनुभयो । रिक्साको विषयमा निति बनेको छ त्यही आधारमा कडाईका साथ अगाडी लैजाने र व्यवस्थापन गर्ने तर्फ नगरपालिकाको ध्यान केन्द्रित बनेको उहाँले बताउनुभयो ।

जिल्ला ट्राफिक कार्यालय बाँकेले भने अटो रिक्साको लाइसेन्स, विलबुक नियमित चेकजाँच गरिनुका साथै रिक्साको दाहिने साइडमा रड हाल्न लगाउने गरेको जनाएको छ । अटो रिक्सा व्यवस्थापनका लागि नियमित चेकजाँच गरिनुका साथै दर्ता गराउन अनुरोध गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपी कृष्ण सुवेदीले बताउनुभयो ।

चारैतिर चेकजाँच गर्न जनशक्तिको अभावले सम्भव नभएको उहाँले बताउनुभयो । हाल कोहलपुरमा करिब ६ सय अटो रिक्सा संचालनमा रहेका छन जसमध्ये बढिमा १ सय ५० रिक्सा मात्र नगरपालिकामा दर्ता रहेको अटो रिक्सा समितिले जनाएका छन् ।

  • २४ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech