कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा प्राज्ञिक विद्यार्थी परिषद कर्णाली प्रदेशको चौथो अधिबेशन हुने भएको छ । चैत्र ८ गते देखि १० गते सम्म हुने परिषदको अधिबेशनको उदघाटन लुम्विनी विश्वविद्यालयका उप कुलपति विनोद प्रसाद ढकालले गर्ने गरि सम्पुर्ण तयारी पुरा गरिएको प्राज्ञिक विद्यार्थी परिषद कर्णाली प्रदेशका अध्यक्ष भिम खरेलले जानकारी दिएका छन ।
आज मंगलवार अपरान्न पत्रकार सम्मेलन मार्फत प्राज्ञिक विद्यार्थी परिषदको अधिबेशनबारे जानकारी दिंदै परिषदका केन्द्रिय महासचिव विष्णु पंगेनीले संस्कार सहितको नैतिक शिक्षा र शिक्षा सम्वन्धि तमाम समस्याहरुवारे परिषदले वकालत गर्दै सरकारको ध्यानाकर्षण गराउदै आएको बताएका छन ।
२०५२ सालमा राजनैतिक विचार रहित स्थापना गरिएको परिषदमा विद्यार्थी, शिक्षक र प्राध्यापकहरुको संयुक्त फोरमका रुपमा शिक्षालाई रहेक परिवर्तनको पुरकको रुपमा लिने गरि राज्यले दायित्वबोध गर्ने गरि आफना अभियानहरु सञ्चालनमा रहेको जिकिर गरेका छन ।
हरेक नागरिकहरुले आफनो कर्तब्य पुरा गर्दै जाने हो भने अधिकार भन्दै लडाई नै गरिरहन नपर्ने भन्दै महासचिव पंगेनीले हरेक ब्यक्तिमा आत्मानुशासन संगै आत्मजागरणका निम्ति पनि प्राज्ञिक विद्यार्थी परिषद गठन गरिएको र सोहि बमोजिम परिषदले आफना क्रियाकलापलाई शशक्त रुपमा समाज परिवर्तनको पाटोसंगै जोडर अघि बढिरहेको बताए ।
राज्यमा विभिन्न राजनैतिक परिवर्तन आएपनि आम नागरिकको जिवनस्तर र उनीहरुले राज्यबाट पाउने सेवा सुविधा र अधिकारको अवस्था भने २००७ सालको भन्दा कुनै फरक नपरेको औंल्याउदै पंगेनीले समाजमा सवै भन्दा तल्लो स्तरको दर्जामा रहेको नागरिकले राज्यका हरेक अंग र सेवा सुविधामा सहज पहुच पाउनुपर्नेमा परिषदले सदा खवरदारी गरिरहेको बताए ।
पत्रकार भेटघाटमा कर्णाली प्रदेश परिषदका अध्यक्ष भिम खरेलले आफनो परिषदले बाँके बर्दियालाई कणार्ली प्रदेशमा नक्शांकन गरि परिषदको अधिबेशन समेत कोहलपुरमा आयोजना गरेको प्रष्ट पार्दै परिषदले ३ देखि ५ सम्म हिमाल देखि तराई सम्मका जिल्ला समेटि प्रदेश स्थापना गर्नुपर्ने सरकारको ध्यानाकर्षण गराएको भएपनि सुनुवाई नभएको भन्दै ग्रासरुट सम्मका जनताको आवाजलाई एक न एक दिन सरकारले कार्यान्यन गर्नैपर्नेमा जोड दिए ।
उनले परिषदको अधिबेशनमा बाँके बर्दिया र कणार्लीका गरि १० जिल्लाबाट १ सय पचास जना प्रतिनिधिको सहभागितामा रहने बताएका छन । अधिबेशनले बिभिन्न बिषयमा समुहगत छलफल गरि बिभिन्न साझा मुद्धाहरु तय गर्दै सरकारको ध्यानाकर्षण गराउने छ भने परिषदको नयाँ नेतृत्व समेत चयन हुनेछ ।
”ज्ञान, शिल एकता” भन्ने मुल नाराका साथ आयोजना हुने अधिबेशन आवासिय हुनेछ भने विभिन्न उप समिती समेत चयण गरिसकिएको बताईएको छ । स्वागत उप समितीमा संजिववावु पंगेनी रहेको परिषदको अधिबेशनको उदघाटन न्युरोडको खुल्ला मञ्चमा हुनेछ । प्राज्ञिक विद्यार्थी परिषद कर्णाली प्रदेशका उपाध्यक्ष निम बहादुर रोकायाले सहजिकरण गरेको पत्रकार भेटघाट कार्यक्रमको समापन प्राज्ञिक विद्यार्थी परिषद कर्णाली प्रदेशका सह सचिव जनता रैकाले गरेकि थिईन ।