२ भाद्र २०८२, सोमबार

कोहलपुरमा वजार अनुगमण २ मासु पसल परे कारवाहिमा, २ चाउमिन उद्योगलाई बनाईयो सचेत
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको पुरानो बसपार्क आसपासमा मापदण्ड बिपरीत सञ्चालनमा रहेका २ वटा मासु पसललाई कारवाही सहित जरिवाना गरिएको छ। पप्पु रागाँ मासु पसलले पटक पटक दिएको निर्देशनलाई अबज्ञा गरेको र मासु पसलमा स्वास्थ्य सम्वन्धित कुनै पनि मापदण्ड पुरा नगरेको पाइएकोले मासु जाँच ऐन अनुसार पहिलो पटकलाई २० हजार रुपैया जरिवाना गरिएको छ ।

त्यसै गरि नसिम कुरेशी राँगा मासु पसललाई मासु बिक्री कक्षको मादण्डपुरा नगरेको, बिक्री स्थल वरपर फोहोर गर्नुका साथै माखा भन्केको पटक पटक सुधार गर्नलाई दिएको आदेशलाई अटेर गरेको भन्दै कोहलपुर नगरपालिकाले १० हजार जरिवना गरेको कोहलपुर नगरपालिक सहकारी तथा उपभोक्ता हित संरक्षण उप शाखा प्रमुख अग्नी प्रसाद आर्चायले बताएका छन ।

कोहलपुरको पुरानो बसपार्कमा अब्यवस्थितरुपमा मासुपसल सञ्चालन हुदा,त्यस क्षेत्रका अन्य ब्यवसायिलाई समेत असर गरेको र दुर्गन्धले बस्न समेत कठिनाइ भएको स्थानीय होटेल ब्यबसायी विकल भट्टराईले न्युज मानसरोवरलाई बताए । गर्मिको सिजन शुरु हुदैछ जथाभावि फोहर, दुर्गन्ध र माखा भन्किनुले जनस्तरमा झाडावान्ता तथा अन्य रोगहरु समेत लाग्ने भन्दै यस्ता अटेरी ब्यापारीलाई छुट हैन कडा कारवाहि गरिनुपर्ने भट्टराईको भनाई रहेको छ ।

कोहलपुर पुरानो बसपार्कमा रहेका सबै मासु पसलहरुलाई एक हप्ता भित्र एसी जडान गरि ब्यवस्थितरुपमा मासु जन्य खाद्य बिक्री गर्न कोहलपुर नगरपालिकाले निर्देशन समेत दिएको छ ।

यसैविच कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेका २ वटा चाउमिन उद्योगलाई पहिलो पटकलाई सरसफाइमा ध्यान दिन, लेबल लगाउन र उपभोक्ताले सहज तरिकाले देख्न सक्ने गरि उत्पादन मिती राख्नको लागी  सचेत गराउदै नियम संगत गर्न निर्देशन दिईएको आचार्यले जनाएका छन । सस उत्पादनको क्रममा सरसफाइको पुरा मापदण्ड अपनाउन समेत निर्देशन दिएको छु फेरी अनुगमनको क्रममा मापदण्ड पुरा नभएमा नियमानुसार कारवाही गरिने कोहलपुर नगरपालिका उद्योग सहकारी तथा उपभोक्ता हित संरक्षण उप शाखा प्रमुख अग्नी प्रसाद आर्चायले बताए ।

  • ६ चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech