९ बैशाख २०८२, मंगलवार

कोहलपुरमा निर्धनको वित्तीय साक्षरता

उदेश्य अनुरुप ऋण लिने सदस्यले ऋणको सदुपयोग गर्नुपर्ने

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा क्षेत्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय सस्था लिमिटेडले आफ्नो समुहमा आवद्द महिला सदस्य तथा विद्यार्थीहरु गरि ८० जना भन्दा बढिलाई एकै ठाउँमा रखेर “वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको निर्धन उत्थान लघुवित्त वित्तीय सस्था लिमिटेड क्षेत्रीय कार्यलय कोहलपुरका कार्यक्रम आधिकृत मिन बहादुर हमालले न्युज मानसरोवरलाई जानकारि दिएका छन।

उनले नेपाल राष्ट्र बैंकले ग्लोबल मनी वीक २०२४ आफ्नो पैसा सुरक्षित गर्नुहोस्, आफ्नो भविष्य सुरक्षित गर्नुहोस् भन्ने नारासहित सप्ताहव्यापि रुपमा मनाउने निर्देशन गरे अनुसार सस्थामा आवद्ध समुहका दिदिबहिनीहरुलाई एकि ठाउँमा भेला गरि बित्तीय साक्षरता कार्यक्रम गरिएको बताए।

उनले साक्षरता तालिमसङ्गै समुहमा आवद्द भएका सदस्यका छोराछोरी जो ११/१२ कक्षामा उत्कृष्ट नम्बर ल्याउन सफल छन उनिहरुबाट १/१ जनालाई हरेक बर्ष १०/१० हजार छात्रवृत्ति पुरस्कार दिने गरेको बताए । कोहलपुर शाखाले सामाजिक दायित्व अन्तरगत सदस्य गिता कुमारी खत्रीका छोरा ज्ञानु खत्रीलाई र कमला बिककि छोरि रेबिका बिकलाई यसबर्षको छात्रवृत्ति प्रदान गरिएको छ।

तालिममा वित्तीय साक्षरता तालिम एक परिचय, वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन बचत (भिडियो) कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता कर्जाको ( भिडियो) वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च बजेट भिडियो, जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यान दिनु पर्ने कुराहरु, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, बैंकका सेवाहरु कर्जा, बचत, बिमा, विप्रेषणको बारेमा सस्थाका उदयपुर शाखाका शाखा प्रमुख अशोक पाठकले प्रशिक्षण दिएका थिए।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति समेत रहेकी कोहलपुर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कल्पना शर्मा अधिकारीले पछिल्लो समय सहकारि र लघुबित्तका कारण बिभिन्न घटनाका केशहरुपनि आइरहेको हुँदा समुहमा आवद्द दिदिबहिनीहरुलाई जुन उदेश्यले ऋण लिने गर्नु हुन्छ त्यसै उदेश्यमा ऋणको सदुपयोग गर्ने ऋण लिएर जन्मदिन , एनिभर्सरि जस्ता कार्यमा खर्च नगर्न आग्रह गरनि।

उनले थोरै पैसाको लोभमा अरुलाई ऋण खाइदिएर आफ्नो घरबार बिगार्ने काम नगर्न समेत आग्रह गर्नुभएको छ। संस्थामा बसेर ऋण लिएर अपमानित होइन सम्मानित गर्ने काम गएन सके त्यस्ता मेहनति र उद्यमि महिलाहरुलाई वडाबाट पनि सधै साथ र सहयोग मिल्ने प्रतिबद्धता समेत व्यक्त गरिन।

कोहलपुर शाखाका शाखा प्रमुख बिरेन्द्र प्रसाद चौधरीले एक परिवारमा एक जना उद्यमी बनाउन सस्थाले पहल गरी रहेको बताएका छन ।उनले सस्थाले निरन्तर लघुवित्त सेवा दिई रहेको यस बैंकबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत जानकारी  दिए।

 

यस्तै तालिममा सहभागि महिला दिदिबहिनीहरुले यस तालिमले विपन्न परिवारलाई अगाडि बढन सहयोग गर्ने र सस्थाले गरीब विपन्नहरुलाई घरदैलो सेवा दिई गरीबको उत्थानमा महत्वपूर्ण भूमिका खेलेको चर्चा समेत चौधरीले गरेका थिए। संस्थामा आवद्द सदस्य श्री साबित्रा वलिको सभापतित्वमा सुरु भएको तालिमको संचालन संस्थाका राझा शाखा प्रमुख बिमल चन्दले गरेका थिए।

  • १० चैत्र २०८०, शनिबार प्रकाशित

  • Nabintech