३२ श्रावण २०८२, शनिबार

धनगढीका मेयर गोपी हमालकी छोरी भारतमा हराइन्
  • न्युज मानसराेवर

काठमाडौं: कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालकी छोरी भारतमा हराएकी छन् । मेयर हमालले ओशो साधक रहेकी आफ्नी जेठो छोरी आरती भारतको गोवामा हराएको सामाजिक सञ्जालमै उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् । हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नुहुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।’ उनले आफ्नी कान्छी छोरी आर्जु र ज्वाइँ आरतीको खोजी गर्न गोवा पुग्दै गरेको जानकारी दिएका छन् ।

  • १३ चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech