आज बिहिवारवाट एसईई परिक्षा शुरु हुदैछ । परिक्षा तयारीमा रहेका वाल वालिकाहरु आजवाट निर्भिकतापुर्वक वातावरणमा परीक्षा दिन चाहन्छन । तर केहि निकाय, ब्यक्ति र संस्थाहरुले परिक्षा निरीक्षण अनुगमनका नाममा विद्यार्थीहरुलाई आतंकित पार्ने, ध्यान भंग गराउने, परिक्षा हलको शान्त वातावरण विर्गाने, फोटो खिच्ने, चिटको नाममा परीक्षा हलमा विद्यार्थीहरुलाई उठाएर चिटको खान तलासि गर्ने, उनीहरुको समय खर्च गर्दिने कार्य गर्ने गरेको पाईन्छ । चिटको आशंका भएमा परिक्षा केन्द्रको मुख्य गेटमा खान तलासि गर्नु वाञ्छनिय मानिन्छ तर परिक्षा हलमै गएर आफनो पावर शो गर्ने परिपाटिले विद्यार्थीहरुलाई मानसिक रुपमा आतंकित पार्नु किमार्थ स्विकार्य हुदैन ।
परिक्षा हलमा अनुगमणका नाममा लावा लस्कर जानु पनि एक किसिमको आतंक सिर्जना गर्नु हो । यस्ता अवाञ्छित क्रियाकलापलाई केन्द्राध्यक्षले रोक्न जरुर छ, दवाफमा आएर सबैलाई हल प्रबेश गर्न दिईनु हुदैन । अनुगमणकर्ताहरुले काम कर्तब्य र अधिकार भुलेर फोटो खिच्ने गरेको पाईन्छ । फोटो खिच्न प्रतिबन्ध लगाउदा फरक नपर्ला । अनुगमणका नाममा चिट पुराउने, सेटिगं मिलाउने कार्य नहोला भन्न सकिन्न यस्ता क्रियाकलाप भए गरेमा केन्द्राध्यक्षले तुरुत्न एक्सन लिएर कानुनी कारवाहिका लागि सिफारीस गर्न हात कमाउने वातावरण नवनोस ।
एसईई असफल भएमा भोलि विद्यार्थीहरुवाट हुन सक्ने विभिन्न घटनालाई मध्य नजर गर्दै परिक्षा हलमा शान्तिपुर्ण वातावरण कायम गराउन जरुर छ कोहि कसैले म जन प्रतिनिधि हो म पत्रकार हो मलाई फलानो संस्था निकायले खटाएको हो भनेर आउदैमा हलमा प्रवेश गर्ने अधिकार भए नभएको केन्द्राध्यक्षले एकिन गरि निर्णय लिंदा उत्तम हुन्छ ।
अनुगमणकर्ताहरुले समेत केन्द्रको वातावरण, परिक्षार्थीहरुलाई सहज असहज वातावरण, खानेपानी, शौचालय, शान्ति सुरक्षा तथा प्राथामिक स्वास्थ्य उपचारका विषयका साथ साथै परीक्षा सम्वन्धित कार्यको सहजिकरण गर्ने गरेमा प्रशंसा योग्य मानिने छ तर आतंक मच्चाउने कार्य गरेमा कदापि स्विकार्य मानेने छैन । आज वाट शुरु हुने एसईई परिक्षामा सहभागि हुने भाई वहिनीहरुलाई शुभकामना सहित सम्वन्धित निकायले भय रहित वातावरणमा परिक्षा दिने वातावरण बनाउन सकोस भन्ने अपेक्षा ।