२८ श्रावण २०८२, मंगलवार

खजुरामा श्रीमान श्रीमती घाँटी रेटिएको अवस्थामा फेला

नेपालगन्ज मेडिकल कलेजमा उपचार हुदै

  • न्युज मानसराेवर

नेपालगन्ज:नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ मा घाँटी रेटेर एक युवकको हत्या भएको घटनाको २४ घण्टा बित्न नपाउँदै बाँकेको खजुरा गाउँपालिकामा श्रीमान श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार सोमबार दिउँसो घरमा कोही नभएको र श्रीमान श्रीमती मात्रै रहेको बेला सो घटना भएको पाइएको छ ।

प्रहरीका अनुसार खजुरा ३ बि गाउँका अन्दाजी २५–२६ वर्षका श्रीमान महेन्द्र रावत र श्रीमती गितासिंह ठकुरीको धारिलो हतियारले घाँटी रेटेर अवस्थामा भेटिएका हुन् ।

गम्भीर अवस्थामा रहेका दुबै जनालाई इलाका प्रहरी कार्यालय धनौली खजुराबाट गएको प्रहरी टोलीले उपचारका लागि भेरी अस्पतालमा पुर्‍याएको थियो ।

उनिहरुको अवस्था गम्भीर रहेकाले भेरी अस्पतालले दुबै जनालाई नेपालगन्ज मेडिकल कलेजमा रिफर गरेको भेरी अस्पतालले जनाएको छ । उनिहरुको उपचार नेपालगन्ज मेडिकल कलेजमा भइरहेको र अवस्था गम्भीर रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले घटना रहस्यमय रहेको बताए । उनका अनुसार दुबैजनाले एक अर्काको घाँटी रेटेका हुन् कि उनिहरुलाई कसैले घाँटी रेटेर हत्या गर्न खोजेको हो सो बारेमा अनुसन्धान भइरहेको छ ।

  • १९ चैत्र २०८०, सोमबार प्रकाशित

  • Nabintech