नेपालगञ्ज: नेपालगञ्जको न्यूरोडमा कार्यालय खोली सुन तथा पैसा तस्करीका लागी हुण्डी मार्फत पैसाको गैर–कानुनी कारोबार गरिरहेको अवस्थामा ३८ लाख ६३ हजार नगद रुपैया सहित पक्राउ परेका तिनै जनालाई कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालयले धरौटीमा रिहा गरेको छ ।
गत फागुन २७ गते साढे ४ बजे नेपालगञ्जको सुर्खेत रोडमामा केही ब्यक्तीहरुले झोलामा गैर कानुनी पैसा बोकिरहेको सूचनाको आधारमा राष्ट्रिय अनुसन्धान बांके र बांके प्रहरीको सिबिल टोलीले ति ब्यक्तीहरुलाई नियन्त्रणमा लिने क्रममा २ जना पैसा सहित भागेको र ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएका ब्यक्ती मध्य नेपालगञ्ज–१६ जैसपुर बस्ने बर्ष ३६ को हसिब अहमद जसगढ सगै रहेकी बर्दिया बारबर्दिया–२ घरभई नेपालगञ्ज–१० आदर्शनगर बस्दै आएकी बर्ष २५ कि पूर्णिमा चौधरीले बोकेको कालो रंगको साइड ब्याग भित्र राखिएको १६ लाख ९४ हजार र बर्दिया राजापुर–१ घर भई बांके जानकी–३ डेरा गरि बस्ने २० बर्षिय अनुप थारुले कालो झोलामा बोकेको २१ लख ६९ हजार सहित ३८ लाख ६३ हजार नगद सहित ३ जना पक्राउ परेको र २ जना फरार भएका थिए ।
उक्त गिरोहमा काठमाण्डौं देखि बांके जैसपुर कै केही ब्यक्तीहरु र भारतका पनि केही ब्यक्तीहरु संलग्न रहेको स्रोतले बताएको भए पनि हाल सम्वन्धीत निकायहरुले सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।
फरार भएका दुबै जनाको पहिचान खुलेको र दुबै जनालाई पक्राउका लागी पक्राउ पुर्जी जारी भईसकेको कोहलपुर स्थिा राजश्व अनुसन्धान कार्यालय कोहलपुरले जनाएको छ । पैसाको गैर कानुनी कारोबारको आरोप लागेका मध्य पैसा बोक्ने भरिया पूर्णिमा चौधरी र अनुप थारुले समयमा नै धरौटी बुझाउन नसकेपछी ति दुबै जना आईतबार छुटेका हुन भने अन्य यस अघि नै धरौटी राखेर छुटीसकेका थिए ।
प्रहरीले गैर–कानुनी पैसा सहित पक्राउ गरेको घटनाको गरेको प्ररारम्भीक अनुसन्धानले एउटा संगठित ग्रुपले सञ्चालन गरेको हुण्डी कारोबारको क्रममा पक्राउ परेका पूर्णिमा र अनुपको कोठामा खानतलासी गर्दा गिरोहले ३ महिना भित्र मात्र पूर्णिमा मार्फत नेपालगञ्जका बिभिन्न बैकहरुको २७६ थान बैक भौचर मार्फत ८ करोड ९३ लाख २० हजार ३४ रुपैया र निजको २४ थान नागरिकताको फोटोकपी फेला पारेको थियो ।
त्यसैगरि अर्का पक्राउ परेका अनुप थारु मार्फत निजको रुमबाट बिभिन्न बैकहरु मार्फत ९ करोड ३९ लाख ७३ हजार ९ सय ३५ रुपैया बिभिन्न ब्यक्तीहरुको नाममा पैसा जम्मा गरेको २९४ थान बैक भौचरहरु र निजको ६० थान नेपाली नागरिकताको फोटोकपी समेत फेला पारेको थियो
पक्राउ परेका ब्यक्तीहरुको बयान र अन्य स्रोतबाट प्रहरीले संकलन गरेको बिवरणमा नेपालगञ्जबाट अन्यत्र ठाउंमा पैसा पठाउन हुण्डी कारोबारीहरुले बिभिन्न बैकहरु मार्फत बारम्बार एउटै ब्यक्तीले अन्य बिभिन्न ब्यक्तीको नाममा पैसा जम्मा गर्ने गरेको देखिन्छ ।
यसरी बैकहरुले एउटै ब्यक्तीले अन्य बिभिन्न ब्यक्तीका नाममा लगातार पैसा जम्मा गरेको थाह पाएर पनि सम्वन्धीत बैंकहरुले राष्ट बैंकलाई जानकारी नदिएकोले अनुगमन र नियमन नगरिएको आशंका अनुसन्धान निकायहरुको रहेको छ ।
गिरोहले नेपालगञ्जबाट भारत–नेपाल सुन तथा पैसाको तस्करी गर्ने र त्यसका लागि हुण्डी कारोबारीले नेपालगञ्ज स्थित बिभिन्न बैकहरु मार्फत मिलेमतोमा काठमाडौंमा भाडामा बैक एकाउण्ट खोलिएका ब्यक्तीहरुको खातामा पैसा जम्मा गर्ने काम बिगत देखि नै हुदै आएको देखिए पनि नियमज निकायहरु सबै चुप लागेर बसेको उक्त घटनाक्रमले उजागर गरेको छ ।
हुण्डी कारोबारीहरुले बिभिन्न केही सहकारीमा काम गर्ने र अन्य केही बेरोजगार ब्यक्तीहरु मार्फत मासिक तथा दैनिक रुपमा न्यूनतम पारिश्रमिक दिएर आ–आफनो नागरिकता फोटो कपी मार्फत सेटिंगमा अन्यत्र भाडामा बिभिन्न ब्यक्तीहरुको नाममा खोलिएका बैंक एकाउन्टमा पैसा जम्मा गर्ने गरिएको अनुसन्धानको क्रममा खुलेको छ ।
नेपालगञ्जमा दर्जनौ ब्यक्तीहरुले यस्तो सेटिंगमा बैकहरु मार्फत पैसाको गैर कानुनी कारोबार गरिरहेको तर त्यसको नियमन निकाय राष्ट्र बैक चुप लागेर बसेको आरोप लागिरहेको अवस्थामा गत फागुन २७ गते केही घटनास्थलबाटै फरार भएका र केहीको बयानको क्रममा संलग्नता रहेको खुले पनि पक्राउ परेका २ जना भरियाको कोठामा ३ महिनामा करिब १९ करोड बैकमा जम्मा गरेको भौचरहरु फेला परेको छन ।
यसरी बैंक मार्फत हुण्डी कारोबारीले भरिया लगाएर पैसाको गैर कानुनी कारोबार गरिरहेको घटना अध्ययनले देखिए पनि हाल सम्म राष्ट्र बैंकले कुनै एक्सन गरेको देखिएको छैन ।