२६ श्रावण २०८२, आईतवार

देउखुरीमा बस दुर्घटना, १३ जना यात्रु घाइते
  • न्युज मानसराेवर

दाङ: दाङको देउखुरीमा बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–३ वनगाउँमा दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बुटवलबाट सुर्खेततर्फ जाँदै गरेको  लु १ ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलतर्फ जाँदै गरेको रा १ ख २५८१ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना दुवै बसमा सवार यात्रु घाइते भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनाका सामान्य घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ । यसैगरी, गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भइरहेको भए पनि घाइतेको परिचय र दुर्घटनाका कारण खुल्न सकेको छैन ।

  • २१ चैत्र २०८०, बुधबार प्रकाशित

  • Nabintech