नेपालगन्ज: नेपालगन्ज कारागारका एक जना बृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–८ का ६६ वर्षिय अब्दुलवारी जोलाहको हृदयघातले मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजंङ्ग शाहले बताउनुभयो ।
उहाँका अनुसार आज बुधबार विहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासी छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको हो ।
मृतक जोलाह तीन महिना अघि जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालतद्धारा पुर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहदै आएको कारागारले जनाएको छ । गत पुस १७ गते मृतक जोलाह पुर्पक्षका लागि कारागार आएको जेलर शाहले बताउनुभयो ।