२५ श्रावण २०८२, शनिबार

चालिसेलाई पितृ शोक
  • न्युज मानसराेवर

कोहलपुर,बाँके : कोहलपुर स्थित  होटेल ट्रीटपका म्यानेजर केशव चालिसे पितृ शोकमा परेका छन । पुर्व पश्चिम राजमार्ग अन्तरगत कोहलपुर नगरपालिका वडा नं. ३ मैटहवामा बसले ठक्कर दिदाँ उनका पिता चन्द्रेश्वर चालिसेको निधन भएपछि केशव लगाएत उनको परिवार शोकमा परेको हो ।

स्व. चालिसेका केशव चालिसे, डन्ड चालिसे, हरि चालिसे र देबेन्द्र चालिसे गरि चार भाई छोरा रहेका छन । लु २ ख ५७५३ नम्बरको बसले बुधबार अपरान्ह ५ः३० बजेतिर ठक्कर दिदाँ साइकलमा सवार ६८ वर्षीय चन्द्रश्वर चालिसेको मृत्यु भएको थियो ।

ठक्करबाट गम्भिर घाइते भएका कोहलपुर ३ निवासी चालिसेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रमममा मृत्यु भएको प्रहरीले बताएको छ । चालिसेको टाउकोमा गम्भीर चोट लागेको थियो भने बस चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिई घटनाको अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

  • २२ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech