२३ श्रावण २०८२, बिहीबार

खाता करीडोरमा गैंडा गणना गर्दै बर्दिया राष्ट्रिय निकुञ्ज
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बर्दिया राष्ट्रिय निकुञ्जले गैंडाको संख्या र अवस्था बुझ्न अनुगमन सुरु गरेको छ । गैंडाको अवस्था बुझन निकुञ्जका कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीलगायत १० वटा हात्ती परिचालित गरेको छ ।

पन्ध्र दिनसम्म गैंडाको अनुगमन गरिने बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ । अनुगमन गर्न १० वटा हात्ती, निकुञ्ज सुरक्षाका लागि तैनाथ सेना, निकुञ्जका कर्मचारीलगायत राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोली परिचालित भएको सहायक संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए । गैंडाको बासस्थान मानिएको बबई उपत्यका र कर्णाली नदी तटीय क्षेत्रमा ६ वटा बल्कमा अनुगमन हुने छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बर्षेनि गैंडाको अनुगमन हुने गर्छ । निकुञ्जमा पछिल्लो गणना २०२२ का अनुसार यहाँ ३८ वटा गैंडा रहेका छन् । सोही अवधिमा तीमध्ये तीन वटा केटाको बाघ र प्राकृतिक कारणले मृत्यु भएको छ ।

करिब १५ वर्षयता बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा पनि गैंडा चोरी सिकारका कारण मारिएका छैनन् । कडा सुरक्षा, संरक्षणमा लागेका युवालगायत समुदायको सहयोगले लामो समयदेखि बर्दिया निकुञ्ज चोरी सिकार शून्य बन्दै गएको प्रमुख संरक्षण अधिकृत अशोक रामले जानकारी दिंदै भने।

१५ वर्ष अघिसम्म बर्दिया राष्ट्रिय निकुञ्ज गैंडा चोरी शिकारका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सर्वत्र आलोचना खेप्दै आएको थियो । सन् १९८४ मा पहिलो पटक चितवन निकुञ्जबाट बर्दियाको गेरुवा र कर्णाली नदी तटीय क्षेत्रमा ५ भाले र ८ पोथीसहित १३ वटा गैंडा स्थान्तरण प्रक्रिया सुरु भएको थियो । त्यसपछि ७४ वटा गैंडा बबई उपत्यकामा छाडिएको थियो ।

विगत १५ वर्ष बर्दिया निकुञ्ज गैंडाका चोरी सिकार शून्य भएको प्रमुख संरक्षण अधिकृत रामको भनाई रहेको छ । मध्यवर्ती क्षेत्रका बासिन्दा, संरक्षणकर्मी, चोरी सिकारी नियन्त्रण युवा दस्तालगायत निकुञ्ज र निकुञ्ज सुरक्षाका लागि तैनाथ सेनाको सहयोगले चोरीसिकार शून्य बनेको उनको बताए ।

  • २२ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech