कोहलपुर,बाँके: बजार अनुगमन समितिले नेपालगन्ज बाहेक आसपासका स्थानीय तहमा पनि अनुगमन तिव्र बनाउन थालेको छ । संयुक्त बजार दुई दिनमा १६ वटा पसल व्यवसायको अनुगमन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय समेतको सहभागितामा कोहलपुर – ११ का २ वटा र राप्तीसोनारी–८ सम्शेरगन्ज क्षेत्रमा रहेका ६ वटा गरी ८ वटा पसल/फर्महरूको स्थलगत अनुगमन गरिएको प्रशासनले जानकारी दिएको छ ।
बिहीबार भएको अनुगमनमा उक्त स्थानहरूका पसल सामान्य अवस्थामा पाइएको प्रशासनले जनाएको छ । त्यसक्रममा व्यवसायिक परामर्श दिइएको थियो ।
बजारको अनुगमनको जिम्मा स्थानीय तहलाई पनि रहेको छ । तर, स्थानीय तहले प्रभावकारी बजार अनुगमन गरेको पाइँदैन । जिल्ला प्रशासन कार्यालय बाँके अन्तर्गत रहेको बजार अनुगमन समितिले पछिल्लो समय निरन्तर बजार अनुगमन गरिरहेको पाइन्छ । अनुगमन समितिले पसल, व्यवसाय दर्ता रहे नरहेको, खाद्य पदार्थको गुणस्तर, औषधी पसल मापदण्ड अनुसार सञ्चालन भए, नभएको अनुगमन गर्दै अखाद्य वस्तु नष्ट गर्ने र कतिपयले कारवाही गर्दै आएको छ ।