१० मंसिर २०८१, सोमबार

स्वास्थ्य तथा शिक्षाका ईभेन्ट्स सहित ‘हेन’ले प्रदेश र केन्द्रिय अधिबेशन कोहलपुरमा गर्दै

नेपालमा स्वास्थ्य शिक्षा शिक्षणका सम्भावना र चुनौति' विषयक विज्ञ समूहसंग छलफल गरिने

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा नेपालमै पेशाकर्मिहरुको पहिलो संगठन नेपाल स्वास्थ्य शिक्षा संघ ‘हेन’ले आफनो १६ औं बार्षिक साधारण सभा तथा प्रथम लुम्विनी प्रदेश अधिबेशन कोहलपुर बाँकेको होटेल रिभर साईटमा गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय, स्वास्थ्य मन्त्रालय र गैरसरकारी संगठनहरुमा कार्यरत स्वास्थ्य, शिक्षा व्यवसायीहरुद्वारा २०४७ सालमा स्वतन्त्र, नाफारहित, सामाजिक र राष्ट्रियस्तरको पेशागत संस्थाको रुपमा स्थापित ‘हेन’ले पश्चिम नेपालमा पहिलो पल्ट आफनो १६ औं साधारण सभा गर्न लागेको हो।

पेशागत एकता र विकासका गतिविधिहरु मार्फत विभिन्न क्षेत्रका स्वास्थ्य शिक्षा कार्यमा संलग्न स्वास्थ्य शिक्षा हरुहरको दक्षता अभिवृद्धि एवम् नेतृत्व विकासका नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएको ‘हेन’ले कोहलपुरमा रहदा बिभिन्न क्षेत्रमा क्रियाशिल शिक्षक, प्राध्यापक तथा विद्यार्थीहरु माझ रहेर स्वास्थ्य तथा शिक्षाका वारेमा अनुशिक्षण समेत प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।

कार्यक्रम तथा अधिबेशनको पुर्व सन्ध्यामा कोहलपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै त्रिभुवन विश्वविद्यालयका स्वास्थ्य जनसंख्या विभाग प्रमुख तथा ‘हेन’का महासचिव डा. भगवान अर्यालले राज्य स्वास्थ्य तथा शिक्षाका विषयमा गम्भिर नभएको भन्दै विद्यालय तथा विश्वविद्यालयका पाठयक्रमहरुमा स्वास्थ्य शिक्षालाई ऐक्षिक विषय राखेर गम्भिर त्रुटि गरिरहेको जिकिर गरेका छन ।

संस्थाले स्वास्थ्य शिक्षानीति एबं पैरवीमार्फत विद्यालय, कार्यस्थल र जनसमुदायमा सहयोगी वातावरणको सिर्जना गर्ने कार्यमा सहजीकरण गरी आम जनसमुदायको स्वास्थ्य अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउदै अर्यालले आफ्नो स्थापनाकालदेखि नै स्वास्थ्य शिक्षा व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि ससम -समयमा विभिन प्रकारका तालिम, कार्यशाला, गोष्ठी, अन्तरक्रिया एवं अनुसन्धानात्मक कार्यहरु संचालन गर्नुका साथै नियमित रुपमा अनुसन्धानमुलक ‘जर्नल अफ हेल्य प्रोमोशन’ र स्मारिका पनि प्रकासन गर्दै आइरहेको बताए।

‘हेन’ले चैत्र २४ गते संघको १६ औं वार्षिक साधारण सभा, लुम्बिनी प्रदेश अधिवेशन, र स्वास्थ्य शिक्षामा अनुसन्धान र नवप्रवर्तनको उन्नयन विषयक राष्ट्रिय सेमिनारको समेत आयोजना गरेको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालको प्रमुख अतिथ्यतामा आयोजना हुने कार्यक्रमको नेपाल स्वास्थ्य शिक्षा संघका अध्यक्ष प्रा. डा. भिमसेन देवकोटा सभापतत्वमा हुने आयोजकले पत्रकार भेटघाटमा वताएका छन ।

यस अवधिमा सिकेलसेल एनिमियामाका बारे प्रस्तुतिकरणका साथै विज्ञद्वारा  स्वास्थ्य शिक्षामा अनुसन्धान र नवप्रवर्तनको उन्नयन विषयमा प्रशिक्षण दिईनेछ । तीनवटा कार्यपत्रहरू प्रस्तुत गरिने उदघाटन शत्रको कार्यक्रम पश्चात ‘नेपालमा स्वास्थ्य शिक्षा शिक्षणका सम्भावना र चुनौति’ विषयक विज्ञ समूहसंग छलफल समेत गरिने आयोजकले वताएको छ । चैत्र २६ गते बागेश्वरी बहुमुखी क्याम्पसका स्रातकोत्तर तहका विद्यार्थीहरूका लागि शोधपत्र लेखन सम्बन्धी तालिम सन्चालन गरिने आयोजकले बताएको छ ।

पत्रकार भेटघाटमा त्रिभुवन विश्वविद्यालयका स्वास्थ्य जनसंख्या विभाग प्रमुख तथा ‘हेन’का महासचिव डा. भगवान अर्याल, ‘हेन’का उपाध्यक्ष तथा केन्द्रिय क्याम्पसका उप प्राध्यापक डा. कल्पना ज्ञवाली, कोषाध्यक्ष एबं ठाकुरराम क्याम्पसका उप प्राध्यापक डा.सुवास प्रसाद, केन्द्रय सदस्य डा. मोहन कुमार शर्मा, नर्सिंङ प्राध्यापक डा. ज्ञानु केसि एबं बागेश्वरी वहुमुखि क्याम्पस शिक्षाशास्त्र संकायका विभागिय प्रमुख ज्ञानेन्द्र शाहि लगाएतको उपस्थिती रहेको थियो । आयोजकको प्रस्तुती पश्चात पत्रकारहरुले बिभिन्न कोणबाट प्रश्न तथा प्रति प्रश्न समेत गरेका थिए ।

भिडियो

 

 

 

  • २३ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech