कोहलपुर,बाँके:नेपाल स्वास्थ्य शिक्षा संघको लुम्बिनी प्रदेशको अध्यक्षमा दामोदर घिमिरे चयन भएका छन। शनिवार बाँकेको कोहलपुरमा संघको १६ ओै बार्षिक साधारण सभा तथा राष्ट्रिय सेमिनार एबं प्रथम लुम्बिनी प्रदेश अधिवेशनले दामोदर घिमिरेको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको हो।
अधिवेशनले संघको लुम्बिनी प्रदेश सचिवमा ज्ञानेन्द्र शाही ,कोषाध्यक्षमा रचना अधिकारी र सदस्यहरुमा शोभाकान्त अधिकारी ,राजकुमार अर्याल,शिवलाल खनाल र कृष्ण बहादुर जि सीलाई सर्वसम्मत चयन गरेको संघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज तोयानाथ पहाडीले जानकारी दिए। भेलाले कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेश ततर्थ समिति समेत गठन गरेको छ।
कार्यक्रमको शुभारम्भ तथा संघको १६ ओै वार्षिक केन्द्रीय साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्व विद्यालयका उप कुलपति प्राध्यापक डा.बिनोद प्रसाद ढकालले स्वास्थ्य शिक्षालाई अनिवार्य विषय बनाउनु पर्नेमा जोड दिएका थिए ।
अधिवेशनमा त्रिभुवन विश्वविद्यालय ,शिक्षा शास्त्र संकायका डिन प्राध्यापक डा.चित्र बहादुर बुढाथोकी ,केन्द्रीय सचिव डा.भगवान अर्याल लगाएतले मन्तब्य राखेका थिए।
परिषदमा प्रोफेसर डा. सुरेन्द्र गिरी,डा देवराज आचार्य,अनिल मण्डल र शान्ति प्रसाद खनालले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
परिषदमा संघका केन्द्रीय अध्यक्ष प्रध्यापक डा.भिमसेन देवकोटाले अध्यक्षको वार्षिक प्रतिवेदन र केन्द्रीय कोषाध्यक्ष सुभाष प्रसादले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजिकरण संघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज तोयानाथ पहाडीले गरेका थिए।