कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा आज आईतवारदेखि अनलाइन तथा मोबाइल पत्रकारिता सम्बन्धि २ दिने तालिमको शुभारम्भ गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा कोहलपुर नगरपालिकाको सहयोगमा तालिम संचालन गरिएको नेपाल पत्रकारमहासंघ बाँकेका उपाध्यक्ष संगिन शर्माले न्युज मानसरोवरलाई बताए ।
तालिमको उदघाट्न गर्दै कोहलपुर नगरपालिका मेयर पुर्ण प्रसाद आचार्यले मोबाइल र अनलाइन पत्रकारिता तालीमले पत्रकारहरुलाइ खोज मुलुक समाचार संकलन र सम्प्रेषणमा सहयोग पुग्ने विश्वास ब्यक्त गरेका छन ।
उनले प्रविधिको विकाससंगै ठुला क्यामरा बोक्नुपर्ने र क्यामरा पर्सन समेत आवश्यक पर्ने समस्यालाई मोबाइल तालीमले सहजता प्रदान गर्ने भन्दै मेयर आचार्यले समाचार तयार पार्दा स्रोतको पहिचान गर्नुपर्नेमा समेत जोड दिए ।
सोहि अवसरमा बोल्दै कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले पत्रकारले निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताइन । उनले पत्रकार सधैं स्वतन्त्र भएर समाचार लेख्नुपर्नेमा जोड दिंदै नगर प्रेसमैत्रि भएको समेत जिकिर गरिन ।
तालीममा प्रशिक्षक एबं अग्रज पत्रकार जनक नेपाल ,नसना बज्राचार्य लगायतले सहजीकरण गर्ने जनाईएको छ ।सोमबार सम्म संचालन हुने तालिममा आज आईतवार पहिलो दिन बाँके जिल्लाका करिब ४८ जना पत्रकारहरुको सहभागिता रहेको छ । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा उदघाटन गरिएको अनलाइन तथा मोबाइल पत्रकारिता तालिम स्वागत उपाध्यक्ष संगिन शर्माले गरेका थिए भने सञ्चालन सचिव कमल डाँगीले गरेका थिए ।