कोहलपुर,बाँके: भारतको उत्तराखण्डमा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।उत्तराखण्डको नैनीतालस्थित बेतालघाटको उचाँकोटमा गएराति भएको गाडी दुर्घटनामा ७ नेपालीको मृत्यु हुनुका साथै एक भारतीय चालकको पनि मृत्यु भएको उत्तराखण्ड प्रहरीले जनाएको छ । गाडी सडकदेखि १५० मिटर तल खसेको बताइएको छ ।
उत्तराखण्डमा मजदुरीको काम सकेर नेपाल फर्किंदै गर्दा भएको गाडी दुर्घटनामा मृत्यु भएका सबै नेपाली नागरिक कन्चनपुर जिल्लाको महेन्द्रनगरका रहेको भारतीय प्रहरीले जानकारी दिएको छ । उत्तराखण्ड प्रहरीका अनुसार मृतक सबै एक परियोजनामा काम गर्ने नेपाली मजदुरहरु भएको पाइएको छ ।