१० मंसिर २०८१, सोमबार

कोहलपुर: खानेपानीमा लोडसेडिङ् !
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुर आसपासमा भुमिगत जलस्रोत सुक्दै गएपछि कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाले आलोपालो गरि पानी वितरण गर्न पानीको बहाव र उस्को क्षमतालाई मध्य नजर गर्दै पानी वितरण लोडसेडिङ् तालिका सार्वजनिक गरेको छ ।

खानेपानी उपभोक्ता संस्थाका अधिकांश बोरीङ्हरु सुक्दै गएपछि कोहलपुर क्षेत्रमा पानी वितरणमा समस्या आएको संस्थाका कोषाध्यक्ष धुर्व आचार्य बताउछन । एक दशक अघि सम्म चापाकलबाट प्रसस्त पानी आउने कोहलपुर क्षेत्रमा घर घरमा समरसेल जडान गरेपछि चापाकलमा पानी आउन छोडेको छ भने खानेपानीले समेत पानी पुरयाउन नसक्ने भएपछि अवका केहि बर्षमा अर्को विकल्प नहुने हो भने पानीको निकै समस्या हुने जानकारहरु वताउछन ।

चुनाव तथा राजनैतिक भाषणमा बबईको पानी कोहलपुर सम्म ल्याउने सुन्दर योजना सहितका भाषण गर्नेहरु त्यो योजना तर्फ ध्यान दिन सकेका छैनन भने योजनाबद्ध पानी आपुर्तिकालागि जनप्रतिनिधिहरुले समेत चासो दिएको पाईदैन । दैनिक जिवनमा उपयोग गर्ने पानी वितरणको तालिका सार्वजनिक गरेसंग कोहलपुरवासिहरुको दैनिकि कष्टकर हुने देखिएको छ ।

खानेपानीले सार्वजनिक गरेको पानी वितरण तालिका अनुसार अव दिनको ५ घण्टा आलोपालो गर्दै पानी वितरण गरिने उल्लेख गरिएको छ ।
जसअनुसार विहान ५ वजे देखि १० बजे सम्म कोहलपुर नगरपालिकाका वडा नं. १ का सवै स्थान वडा नं. २ का कौशिल्यानगर,शक्तिनगर, मुक्तिनगर, विकासनगर, आनन्दनगर, प्रेमनगर र लोकनगरमा र वडा नं. १२ का पानीको पायप पुगेका सवै स्थानहरुमा पानी वितरण गरिनेछ । यसैगरि वेलकाको समयमा ५ बजेदेखि १० वजे सम्म वडा नं. १०,११, ५, ६ एबं वडा नं. २ को सिद्धनगर, प्रेमनगरमा पानी वितरण हुने कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

  • २७ चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech